शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निकिता चन्दक भइन् मिस नेपाल

शुक्रबार, १९ जेठ २०७४, २३ : १५
शुक्रबार, १९ जेठ २०७४
काठमाडौँ, जेठ १९ - यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् । आज सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् । त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गरेकी छन् । निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप