यस्तो पानी पिउन बाध्य छन् धुम्कावासी
शनिबार, २० जेठ २०७४, १० : ०३
सल्यान, २० जेठ - कालीमाटी गाउँपालिका–१ धुम्का गाउँमा बसोबास गर्ने मानिसहरु शारदा नदीको पानी वर्षात्मा धमिलो हुने भएपछि चिन्तित हुन थालेका छन् ।
वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका २५ घरपरिवार रहेका धुम्का गाउँका बासिन्दाले शारदा नदी किनारमा खाल्डो पारेर जम्मा गरेको पानी पिउनका लागि प्रयोग गरिरहेका छन् ।
वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या पर्ने गरेको स्थानीयवासी गणेशबहादुर रेउलेले जानकारी दिए । नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको रेउलेको भनाइ छ ।
धमिलो र फोहर छ भन्ने थाहा पाउँदा पाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रुपमा प्रयोग गर्दै आएको स्थानीयवासी मीना रावतले बताए । “गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने रु” रावतले भने । नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयवासी बुद्धिप्रसाद रेउलेले जानकारी दिए । “खानेपानीको समस्या लिएर जिल्लाका सबै सरोकारवाला निकायमा पुगिसक्यौँ तर कतैबाट समस्या हल भएन”, रेउलेले भने । नदीपारि एक घन्टा हिँडेर पानीको मुहान भए पनि पुल नहुँदा नदी तरेर पानी ल्याउन गाह्रो हुने गरेको उनको भनाइ छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण