अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने
शनिबार, २० जेठ २०७४, १० : १५
काठमाडौँ, २० जेठ - दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड टेडिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल-२०१७ मा नेपालका तर्फबाट चारुमती बुद्धिस्ट मिसन नेपालले सहभागिता जनाउने भएको छ ।
गेङसाङबुक–डु प्रदेश र गेङजुको सहयोगमा हुने उक्त महोत्सवमा विश्वका ३० मुलुकका विभिन्न बाजा प्रदर्शनी हुने छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा चारुमती बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सी धम्मले काठमाडौँ उपत्यकाका नेवार समुदायले प्राचीन समयदेखि बजाउँदै आएका विभिन्न बाजा अन्तर्राष्ट्रिय तहमा प्रचारका साथै प्रवद्र्धन गरी मुलुकको गौरव बढाउने उद्देश्यले सो कार्यक्रममा सहभागी हुन लागिएको जानकारी दिए ।
नेपालका तर्फबाट वरिष्ठ वाद्यवादक प्रा न्हुछेबहादुर डङ्गोल, वरिष्ठ वाद्यगुरु एवम् बाँसुरी वादक धर्म मुनिकार र सारङ्गी वादक सुजिना वज्राचार्य सो साङ्गीतिक महोत्सवमा भाग लिन यही जेठ २३ गते दक्षिण कोरिया जानेछन् ।
बाजा प्रदर्शनीमा नेपालका पछिमा, कोंचाखिं, नगरा, पोंगा, कान्तां डबडब, सारङ्गी, मादल, नरसिङ्गा, कर्नाल, सहनाई, बाँसुरी, बय्, ताः बबूलगायत समावेश हुनेछ । विश्वका परम्परागत फुक्ने बाजाको महोत्सव हुने सो कार्यक्रममा नेपालको परम्परागत ऋतु धूनसमेत प्रस्तुत गरिने छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण