भरतपुर प्रकरणः माओवादी केन्द्रका ९ नेतामाथि ज्यान मार्ने धम्की !
शनिबार, २० जेठ २०७४, १० : ५८
चितवन, जेठ २०– चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनाको क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर नेकपा एमालेका स्थानीय नेताहरुले आफ्ना ९ नेता तथा कार्यकर्तामाथि ज्यान मार्ने धम्की दिएको माओवादी केन्द्र जिल्ला कार्यसमिति चितवनले दाबी गरेको छ ।
माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ गरी दिएको निवेदनमा एमाले र सो निकटका युवा संघ र अनेरास्ववियूले माओवादीका कार्यकर्ताहरु द्रोणबाबु शिवाकोटी, प्रकाश कँडेल, बोधराज न्यौपाने, अञ्जनकुमार तिमिल्सिना, साजन अधिकारी, सुरज सिंह, उत्तम गुरुङ , दीलिप पौडेल र बसन्तअधिकारी लगायत जिल्ला नेतृत्वसमेतलाई ज्यानै मार्नेसम्मको धम्की दिएको भन्दै जिउधनको सुरक्षाको व्यवस्था मिलाइदिन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण