शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

शनिबार, २० जेठ २०७४, ११ : ०६
शनिबार, २० जेठ २०७४

काठमाडौं, जेठ २०– नेकपा एमालेले शनिबार दिउँसो १ बजेको लागि स्थायी कमिटी बैठक बोलाएको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने प्रमुख सचेतक भानुभक्त ढकालले बताए ।

एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वसम्मत रुपमा प्रधानमन्त्री हुन नदिने रणनीति अनुसार पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

त्यसका लागि एमालेले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप