शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागलुङ निर्वाचन समाचारः दुई स्थानीय तहमा कार्यपालिका गठन, सिन्धुली-नौवटै तहमा कार्यपालिका

शनिबार, २० जेठ २०७४, ११ : ०७
शनिबार, २० जेठ २०७४
  बागलुङ, २० जेठ । ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको चुनावबाट नेकपा ९एमाले० र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी बनेका हुन् । दलित तथा अल्पसङ्ख्यकतर्फ गोकुल शेरचन, थमबहादुर छन्त्याल र नरबहादुर सुनार विजयी हुनुभएको निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । महिला सदस्यतर्फ ताराकुमारी पुन, छवि विक, शान्ति विक, बेलकुमारी छन्त्याल र धनिमला विक निर्वाचित हुनुभएको छ । यस्तै काठेखोला गाउँपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट संयुक्त वाम मोर्चा–राप्रपाका उम्मेदवार विजयी बनेका छन् । कार्यपालिका सदस्यमा अल्पसङ्ख्यक तथा दलितका तर्फबाट टीका सङ्गम विक र हेमलाल विक विजयी भएका छन् । महिला सदस्यतर्फ चित्रकुमारी विक, जमुना कँडेल, सुन्तली विक र नैनकला खड्का विजयी हुनुभएको निर्वाचन अधिकृत धु्रव गिरीले जानकारी दिए । राप्रपासहित अन्य वामपन्थी दलले संयुक्त उम्मेदवारी दिए पनि नेपाली काँग्रेस एक्लैले उम्मेदवारी दिएको थियो । महिला, दलित र अल्पसङ्ख्यकको प्रतिनिधित्व सुनिश्चित भएसँगै काठेखोला गाउँपालिकाको कार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ । नौवटै तहमा कार्यपालिका सिन्धुली– नौ तहमध्ये तीन तहमा सहमति र चार तहमा निर्वाचन प्रक्रियाबाट कार्यपालिका गठन भएको छ । शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट सात गाउँपालिका र दुई नगरपालीकामा कार्यपालिकाले पूर्णता पाएको छ । कमलामाई नगरपालिकामा एमालेको स्पष्ट बहुमत पुगे पनि काँग्रेससँग सहकार्य गरेर कार्यपालिका गठन गरिएको छ । काँग्रेसका महिला सदस्य कुन्ता ढकाल एमालेका पदमकुमारी बस्नेत, शिवमाया रायमाझी, सुनिता सार्की र रुद्रकुमारी कार्की तथा दलित एवं अल्पसङ्ख्यक सदस्यमा केशर नेपाली, नवीन विश्वकर्मा र झेउला अधिकारी दनुवार सर्वसम्मत भएका छन् । दूधौली नगरपालिकामा नगर कार्यपालिका गठन भएको छ । शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट एमाले र माओवादी केन्द्र विजयी भएका छन् । तीन दलित र अल्पसङ्ख्यक तथा पाँच महिला सदस्यका लागि भएको निर्वाचनमा एमाले र माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकमा एमालेबाट दिल्लीबहादुर भुजेल र भीमबहादुर सार्की तथा माओवादी केन्द्रबाट सम्झना अधिकारी विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा एमालेका तर्फबाट गुमासरी राइनी र ओमकुमारी ठकुरी तथा माओवादी केन्द्रबाट कमला विश्वकर्मा, गङ्गा अधिकारी र फूलमाया विश्वकर्मा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए । तीनपाटन गाउँकार्यपालिकामा दलित तथा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा एमाले विजयी भएको छ । दलितबाट जगदीश तोलाङ्गी र टेकबहादुर परियार तथा महिला सदस्यमा दूधकुमारी ठकुरी, देवकी श्रेष्ठ, भगवती थापा, गीता मगर निर्वाचित भएका छन् । फिकल गाउँकार्यपालिकाका लागि शुक्रबार भएको निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको निर्वाचन अधिकृत नारायणबहादुर थापाले जानकारी दिए । महिला सदस्यतर्फ टेकमाया बुढा क्षेत्री, पूर्णमाया थापा मगर, फणीन्द्रकुमारी पौडेल र विष्णुकुमारी बराल घिमिरे निर्वाचित हुनुभएको छ । दलित र अल्पसङ्ख्यकतर्फ एमालेकै चेतबहादुर विश्वकर्मा र खड्गबहादुर सुनुवार विजयी भएका छन् । सुनकोसी गाउँपालिकामा पनि कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । प्रमुख दलबीच सहमति हुन नसकेपछि शुक्रबार निर्वाचन गरिएको हो । सुनकोसीमा काँग्रेस र एमालेले बराबरी जित हासिल गरेका छन् । महिला सदस्यमा काँग्रेसका महिमा भुजेल र सम्झना कोइराला तथा एमालेका अस्मिता राई र कृष्णमाया न्यौपाने निर्वाचित भएका छन् । यस्तै दलित र अल्पसङ्ख्यकबाट काँग्रेसका सन्तोष विश्वकर्मा र एमालेका सम्बरबहादुर माझी विजयी हुनुभएको छ । मरिण गाउँपालिकामा स्थानीय तहको निर्वाचनबाट नै सबै माओवादी केन्द्रले विजयी प्राप्त गरेपछि कार्यपालिकामा पनि माओवादी केन्द्रका नै सर्वसम्मत भएका छन् । कार्यपालिकामा माओवादी केन्द्रका महिला सदस्यमा इसराठाडा मगर, दीपा माझी, पञ्चमाया थिङ र सीता बराइली सर्वसम्मत तथा दलित तथा अल्पसङ्ख्यक सदस्यमा बुद्धिमान माझी र हस्तबहादुर कामी सर्वसम्मत भएको निर्वाचन अधिकृत यज्ञबहादुर खत्रीले जानकारी दिए । घ्याङ्लेक गाउँपालिकामा काँग्रेसको बहुमत भएकाले कार्यपालिकामा सबै काँग्रेसका सर्वसम्मत भएका छन् । महिला सदस्यमा जानुका थापा मगर, जेसुन्दरीमाया वाइवा, यमकुमारी दमाईं र सुनमाया थिङ सर्वसमत भएका छन् । दलित अल्पसङ्ख्यक सदस्यमा गङ्गामाया विश्वकर्मा र हिमालीमाया विश्वकर्मा सर्वसम्मत भएको निर्वाचन अधिकृत गङ्गाधर पौडेलले जानकारी दिए । गोलन्जोर गाउँपालिकामा काँग्रेसका तर्फबाट दलित अल्पसङ्ख्यक सदस्यमा भक्तबहादुर भुजेल र रणबहादुर सार्की चयन भएका छन् । महिला सदस्यमा काँग्रेसकै सावित्रा तामाङ, जमुना कोइराला, कुमारीमाया थापा मगर र इन्द्रकमारी हायु निर्वाचित भएको सहायक निर्वाचन अधिकृत विनोदबाबु खकुरालले जानकारी दिए । तीन स्थानीय तहमा कार्यपालिका बेंसीसहर९लमजुङ०– तीन स्थानीय तहमा कार्यपालिका गठन भएको छ । बेँसीसहर र मध्य नेपाल नगरपालिका तथा क्व्होलासोथार गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट कार्यपालिका गठन भएको हो । निर्वाचन मत परिणामानुसार बेँसीसहर नगर कार्यपालिकामा एक सदस्यबाहेक सबैमा नेकपा ९एमाले० विजयी भएको छ । निर्वाचनमा दलित वा अल्पसङ्ख्यकतर्फबाट नेकपा ९माओवादी केन्द्र०का देवबहादुर गहतराज तथा एमालेका दोजबहादुर खवास र अजय मजाकोटी निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा एमालेका आशा तामाड, कृष्ण नेपाली, मनमाया गुरुङ, मन्दिरा दनाई, र विष्णुमाया राना निर्वाचित भएका छन् । यसैगरी मध्य नेपाल नगरपालिकामा एक सदस्यबाहेक सबैमा नेपाली काँग्रेस विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा दलित वा अल्पसङ्ख्यकका तर्फबाट माओवादी केन्द्रकी मैया मौरती तथा नेपाली काँग्रेसकी कमला माझी र दीपेन्द्र घर्ती विजयी भएका छन् । त्यस्तै महिलातर्फबाट काँग्रेसकी आशा मझाकोटी, लक्ष्मी विश्वकर्मा, शान्तादेवी थापा, बालकुमारी उचै र विष्णुमाया गिरी विजयी भएका छन् । यस्तै क्व्होलासोथार गाउँकार्यपालिकामा एक सदस्यबाहेक सबै एमाले विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा दलित वा अल्पसङ्ख्यकका तर्फबाट काँग्रेसका काशीजङ घले र एमालेका सोमबहादुर विक निर्वाचितभएका छन् । यसअघि महिला सदस्यमा एमालेका गमी गुरुङ, केशमाया गुरुङ र मन्जु गुरुङ र धनकुमारी परियार निर्विरोध चयन हुनभएको थियो । जिल्लामा मस्र्याङ्दी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचन प्रक्रिया जारी छ । पहिलो तलब दृष्टिविहीनलाई मध्य नेपाल नगरपालिकाका नवनिर्वाचित प्रमुख रमेश पाण्डे र सोही नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले आफ्नो पहिलो तलब सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । नगरप्रमुख पाण्डे र वडाध्यक्ष भण्डारीले सोही नगरपालिका–१० मा बस्दै आएका एक दृष्टिविहीन परिवारलाई सहयोग गर्ने घोषणा गरेका हुन । उनीहरुले दृष्टिविहीन दीपक कुँवरको परिवारलाई सहयोग गर्ने घोषणा गरेका हुन । घरबारविहीन कुँवर परिवारलाई सहयोग गरेर मानवीयताको अभियान सुरु गरिएको नगरप्रमुख पाण्डेले बताए । उनले विपन्न अवस्थामा रहेका अन्य नगरवासीलाई समेत सहयोग गरिने जनाउँदै अन्यलाई पनि सहयोगका लागि आग्रह गरे । नगरप्रमुख पाण्डे र वडाध्यक्ष भण्डारी नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि छन् । रासस,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप