उम्मेदवारी दिएसँगै देउवाले दिए प्रचण्डदेखि गच्छदारसम्मलाई धन्यवाद !
काठमाडौं, जेठ २०– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीकाे उम्मेदवारकाे रुपमा समर्थन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् ।
यस्तै देउवाले पार्टी नेता रामचन्द्र पौडेलसहित फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतलाई पनि समर्थन गरेको भन्दै धन्यवाद दिएका छन् ।
संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएसँगै सामाजिक सञ्चालमा उनले तस्बिरसहितको एक स्टाटस लेख्दै भनेका छन्, ‘मलाई प्रधानमन्त्रीको उम्मेदबारमा प्रस्ताव गर्नु हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी र समर्थन गर्नुहुने मेरो पार्टीका नेता मित्र रामचन्द्र पौडेल, फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार लगायत सबै साथिहरुलाई हार्दिक धन्यवाद !’
भोलि हुने प्रधानमन्त्रीको निर्वाचनका लागि देउवाले प्रचण्डको प्रस्ताव र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका बिजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेम वहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी तथा अखण्ड नेपाल पार्टीका कुमार खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवाको उम्मेदवारी मनोनयन दर्ताको समयमा नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको उलेख्य उपस्थिति थियो । संसद सचिवालयले आईतबार बिहान ११ बजेका प्रधानमन्त्री चयनका लागि मतदानको समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण