बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरतपुरबारे आज सर्वोच्चको फैसला, कस्तो आउला निर्णय ?

आइतबार, २८ जेठ २०७४, १२ : २८
आइतबार, २८ जेठ २०७४

काठमाडौं– सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयकाविरुद्ध परेको रिटको आज ( आइतबार) बहस हुँदैछ ।

गत जेठ २२ गते सर्वोच्च अदालतले आयोगको निर्णय यथास्थानमा राख्न आदेश दिदै त्यसको तीन दिनपछि दुवैपक्षलाई छलफलका लागि बोलाएको थियो ।

सोमबार न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले यस्तो आदेश गर्दै अन्तरिम आदेश अगाडि छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।

अभिवक्ता तुल्सिराम पाण्डे र भरतपुर–१९ का खुलातर्फका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विश्वकर्माले आयोगको पुन निर्वाचन गर्ने निर्णय अस्वीकार गर्दै निवेदन दिएका थिए ।

मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछी शुरु भएको विवाद निर्वाचन आयोग हुँदै अदालत पुगेको थियो । मतपत्र च्यात्नेहरु धरौटीमा छुटिसेका छन् ।

भरतपुर महानगरपालिका वडानम्बर १९ का एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने भन्दै उत्प्रेषण माग गरेका थिए ।

रिट निवेदकले च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरेका थिए ।

यसअघि कांग्रेस माओवादी केन्द्रले आयोगको निर्णअनुसार पुन मतदान गर्नुपर्ने पक्षमा छन् भने एमाले च्यातिएका मतपत्र छोडेर पुन मतगणना गर्नुपर्ने बताउदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप