गैँडाले हानेर एक गम्भीर
आइतबार, २८ जेठ २०७४, १० : ३२
रत्ननगर ९चितवन०, २८ जेठ । पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् ।
स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं २७ का भण्डारीको छाती, हातखुट्टा र तिघ्रामा गम्भीर चोट लागेको छ ।
उनको अहिले कलेज अफ मेडिकल साइन्सेज, चितवनमा उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । पछिल्लो समयमा सामुदायिक वनमा वन्यजन्तुको वासस्थान बढ्दो छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडाको आक्रमणबाट बर्सेनि मानिस घाइते हुने र कतिपयको ज्यानसमेत जाने गरेको छ ।
रासस
––––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण