भूकम्पप्रतिरोधी भवन निर्माणका लागि तालिम सम्पन्न
धुलिखेल, २८ जेठ । भूकम्पपछिको निजी आवास पुनःनिर्माणका लागि दक्ष कामदारको अभाव भइरहेका बेला जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेको आयोजना एवम् सहरी विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको मुख्य डकर्र्मी तालिम शनिबार सम्पन्न भएको छ । काभ्रे जिल्लामा भूकम्पपछिको निजी आवास निर्माणमा थप सहयोग पु¥याउने उद्देश्यले भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिमको आयोजना गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेका उपप्रमुख अशोक अधिकारीले बताउनुभयो । उहाँका अुनसार जिल्लाको बनेपा, पनौती, धुलिखेल, तेमाल गाउँपालिकाको मेच्छे र कुरुवासचापाखोरी एवम् महाभारत गाउँपालिकाको गोकुलेमा गरी पाँच ठाउँमा तालिम सञ्चालन भइरहेको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले तालिमबाट उनीहरुले प्राविधिक, व्यावहारिक र नेतृत्व क्षमताको समेत सीप विकास गर्ने बताएका छन् । सात दिनसम्म चलेको उक्त तालिममा १८० जना डकर्मीको सहभागिता रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ, काभ्रेले जनाएको छ । अधिकारीका अनुसार तालिम लिएकाहरुले अब पुनःनिर्माणमा खटिएका डकर्मीलाई कसरी भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने भन्ने विषयमा सिकाउनेछन् । “अहिले हामीले तालिम सञ्चालन गरेका ठाउँमा मुख्य डकर्मीका लागि तालिम दिएका छौँ, त्यसबाट उहाँहरुले ती पुनःनिर्माणका क्षेत्रमा काम गरिरहेकालाई थप विधि र नियमका बारेमा जानकारी दिएर सहयोग गर्नुहुनेछ” – अधिकारीले भन्नुभयो । तालिममा सहभागीले पनि आफूहरुले काम गर्दै आएको तरिकाभन्दा भिन्न रहेकाले सो तालिम प्रभावकारी रहेको बताएका छन् । मैले १०÷१२ वर्ष भयो घर निर्माणको काम गर्दै आएको, तर पहिलादेखि गर्दै आएको भन्दा धेरै भिन्न तरिकाले बनाउनुपर्ने रहेछ – पनौती–९ सन्थानका प्रभुराम श्रेष्ठले भन्नुभयो । उहाँले आफूहरुले बनाउँदै आएको घर निर्माणको प्रक्रियामा धेरै त्रुटि गर्दै आएको पाइएको बताउनुभयो । “पहिला घर निर्माण गर्दा बढी खर्च हुन्छ भन्दै काम सकाउने गरी ग¥यौँ, तर त्यसरी बनाएको घर जोखिमयुक्त हुँदोरहेछ । अहिले तालिम लिएपछि थाहा पायौँ”, उहाँले भन्नुभयो – “अब राम्रैसँग बनाउन सकिन्छ ।” रासस –––––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण