चार वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने युवकको कुटीकुटी हत्या
आइतबार, २८ जेठ २०७४, १० : ४५
एजेन्सी
जेठ २८ – यसलाई भीडको न्याय भन्ने कि आक्रोश । थुप्रै पटक एक अपराधलाई रोक्नका लागि अर्को अपराध गर्न पुग्छन् । भीडले धेरैजसो यस्तो गर्दछ । दिल्लीमा पनि पछिल्लो दिन यस्तै भयो । ४ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने युवकलाई भीडले यसरी कुट्यो कि उनको उपचारको क्रममा मृत्यु भयो ।
पूर्वी दिल्लीको पांडव नगर इलाकामा बुधबार राती मानिसहरुले पार्कमा एक युवकलाई चार वर्षीया बालिकासँग केही गलत व्यवहार गरिरहेको देखे । युवक नग्न हालतमा थिए । मानिसहरुलाई देखेर उनी लुक्न खोजे, भीड आक्रोशित भयो ।
त्यसपछि भीडले ती युवकलाई कुट्न थालिहाले । जबसम्म पुलिस घटनास्थल पुग्यो भीडले उनलाई अर्धचेत बनाइदिएको थियो । आरोपीलाई दिल्लीको जीटीबी अस्पतालमा भर्ना गराइयो जहाँ शनिबार राती उनको मृत्यु भयो । यद्यपी, पुलिसले आरोपीविरुद्ध बलात्काको मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण