मोरङ–सुनसरीमा रु १८ करोडमा जनता आवास
आइतबार, २८ जेठ २०७४, १० : ४५
गोपालप्रसाद पोखरेल
मोरङ, २८ जेठ । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख छन् । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख भएका छन् ।
डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख छन् । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख छन् ।
उनले भने “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसो दिन थालेपछि राम्रो भयो ।” उहाँमात्र होइन मोरङको आँपगाछीमा ५०, डाइनियामा ४०, कदमाहामा ५०, सौराभागमा ५०, हात्तीमुडामा ५०, डग्राहामा ७५ लगायत स्थानमा घर निर्माण भइरहेका लक्षित समुदाय निकै खुसी छन् ।
डङ्ग्राहाका मुखानीदेवी सरदारले सरकारलाई धन्यवाद दिँदै उनले भने – “सरकारलाई धन्यवाद छ, हामीलाई घर बनाउन पैसा दिइरहेको छ ।” जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र विपन्न समुदायलाई सरकारले घर बनाउन रकम दिने भएपछि मख्ख भएका हुन् ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले सो काम सुरु गरेको हो । विभागले सुरु गरेको विराटनगर चक्रपथ निर्माणको काम सुरु भएको २१ वर्ष पुग्दासमेत ट्र्याक खोल्ने कामसमेत सम्पन्न भएको छैन ।
मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा एक हजार ६०० घर निर्माण भइरहेका छन् । सो कार्यक्रम सञ्चालन गर्न सांसद अमृत आर्यालको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको छ ।
त्यसको सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नापी र मालपोतका कार्यालय प्रमुख पनि सदस्य छन् ।
संसद्को संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले सो काम समयमै सम्पन्न हुने सो क्षेत्रका मौना बाँतरको भनाइ छ । कतै निर्माण सुरु भएको छ भने कतै निर्माणको कामले गति लिएको छ ।
जनता आवास निर्माणका लागि सुनसरी मोरङमा रु १८ करोड ५९ लाख बजेट छुट्याएको छ । यी दुई जिल्लामा एक हजार ६०० आवास निर्माण गर्नुपर्नेछ । सो कार्यक्रमअनुसार जनता आवासको काम दु्रतगतिमा भइरहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङका प्रमुख श्यामकिशोर सिंहले जनता आवासको काम दु्रतगतिमा भइरहेको बताए ।
कार्यालय प्रमुख सिंहले समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । रासस
––––––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण