बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिराटनगर महानगरमा माओबादी केन्द्रका उम्मेदबारको प्रतिबद्धतापत्र सार्बजनिक

आइतबार, २८ जेठ २०७४, १० : ५६
आइतबार, २८ जेठ २०७४

बिराटनगर - बिराटनगर महानगरमा बिश्वबिद्यालय , चिडियाघर , चक्रपथ , मेडिकल कलेज स्थापना गरि संचालन गर्ने एजेण्डा सहित माओबादी केन्द्रका उम्मेदबारहरुले आफना प्रतिबद्धताहरु सार्बजनिक गरेका छन् ।

माओबादी केन्द्रबाट मेयरका उम्मेदबार बनेका भोगेन्द्र यादब र उपमेयर नमिता न्यौपानेले बिजयी भएपछि महानगरलाई कस्तो बनाउने भन्ने मार्ग चित्र सहित २७ जेठ शनिवार आफनो प्रतिबद्धता सार्बजनिक गरेका हुन् ।

माओबादी नेता गिरिराजमणी पोखरेलले शनिवार सार्जजनिक गरेको बिराटनगर प्रतिबद्धता पत्रमा महनगरले आफै बिराट बिश्वबिद्यालय संचालन गर्ने , कोशी अञ्चल अस्पतालाई प्रदेश स्तरको बनाएर मेडिकल कलेज समेत संञ्चालन गर्ने , बीस बर्षदेखी अधुरो रहेको चक्रपथ निर्माण कार्य पुरा गर्ने र बिराटनगरमा संग्राहलय र चिडियाघर निर्माण गर्ने योजना छन् ।

बिराटनगरलाई स्र्माट सिटी बनाउने, अधुरो चक्रपथ निर्माण गर्ने, आफैले बिश्वबिद्यालय र मेडिकल कलेज संचालन गर्ने , महानगरमा नाटक र चिडियाघर निर्माण गर्ने , निजी तथा सार्बजनिक साभmेदारीमा ठूला उद्योगहरु संचालन गर्नेदेखी हरेक वार्डमा अस्पताल चलाउनेदेखि महानगरलाई खुल्ला दिसापिसाव मुक्त्त र हरियालीयुक्त्त बनाउन एक घर एक शौचालय निर्माण ‘चार सुर चार रुख,’ अभियान संचालन गर्ने लगायतका एजेण्डा कार्यान्वनय गराउने प्रतिबद्धता उम्मेदबारहरुले गरेका छन् ।

जेष्ठ नागरिक महिला र बालबालिकाहरुको सशक्त्तिकरण

प्रतिबद्धता पत्रमा बिराटनगरको नदी प्रदुषण मुक्त्त बनाउने , बृद्धबृद्धाहरुको भत्ता बृद्धि गरेर बृद्धबृद्धा चौतारी निर्माण गरि उनीहरुको हेरचाह गर्ने, महिला र बालबालिकाहरुको शसक्त्तिकरण , जातिय बिभेद र छुवाछुतको अन्त , व्यववस्थित बसोवास र सडक निर्माण गर्ने र महानगरलाई खुल्ला दिसापिसाव मुक्त्त र हरियालीयुक्त्त बनाउन एक घर एक शौचालय निर्माण ‘चार सुर चार रुख,’ अभियान संचालन गर्ने लगायतका एजेण्डा समाबेश छन् ।

विकृतिरहित बिराटनगर

यसैगरि प्रतिबद्धतापत्रमा नगरलाई पुर्ण लागू औषध मुक्त्त बनाउने , मदिरा बेचबिखन नियन्त्रण गर्ने, प्रत्येक वार्डमा १८ बेडको अस्पताल संचालन गर्ने , दलित बस्तीमा निःशुल्क खानेपानी बितरण गर्ने , सबै वार्डमा पार्कहरु निर्माण गर्ने , प्राकृतिक बिपत्तीबाट जोगिन खाली जमिनको संरक्षण गर्ने , आधुनिक बसपार्क र बधशाला संचालन गर्ने योजना पूर्ण लागू गराउने उल्लेख गरिएको छ ।

सँस्कृति र सम्पदाहरुको संरक्षण

महानगरको साँस्कृति र सम्पदाहरुको संरक्षण गर्ने प्रत्येक वार्डमा बृद्धबृद्धा अध्यन केन्द्र खोल्ने पनि उम्मेदबारहरुले प्रतिबद्धता गरेका छन । यसकासाथै सार्बजनिक निजी साभेदारीबाट बन्द जुटमील , चीनी मील , कपडा मील आदि संचालन गराउने , आफनै स्वामित्वमा ईन्धन भण्डारण केन्द्र खोल्ने र सूचना बैंक स्थापना गर्ने पनि प्रतिबद्धता उनिहरुको छ ।

बिराटनगर फ्रिवाइफाई सिटी उम्मेदबारहरुले आफु बिजयी भएमा बिराटनगरलाई फ्रिवाईफाई सिटी बनाउने , महानगरमा नाचघर स्थापना गर्ने प्रसुती अस्पताल खोल्ने र बिमानस्थलको स्तरोन्नती गरि महादेशिय बिमानस्थलको रुपमा बिकास गर्ने योजना पनि ।

नगरभरी अपांगतामैत्री प्रतिक्षालय यसबाहेक कारागारको सुधार , बिराटनगरमा बिद्युत्तिय शवदाह केन्द्रको स्थापना , सहरी गरिबहरुलाई जीवनमा सुधारकालागि भुमीको बितरण र बसोवासमा न्योचित बितरण ,टा«फिक व्यवस्थापन , नगरभरि अपांगता मैत्री प्रतिक्षालय निर्माण , महानगरभित्र आफनै बस सेवा संचालन , युवाहरुको बिकासकालागि प्राबिधिक शिक्षालयको निर्माण गर्ने उम्मेदबारहरुले प्रतिबद्धता जनाएका छन् ।

नगरबासीको साझा सेबक बन्ने बिजयी भएमा आफुहरु नगरबासीको साझा सेवकको रुपमा स्थापित हुने र बिराटनगरको समग्र मानबिय र भौतिक बिकासका लागि बिज्ञ र निर्वाचित पदाधिकारीहरुको समुह बनाएर दत्तचित्त भएर लागिपर्ने उम्मेदबार भोगेन्द्र यादब र नमिता न्यौपानेले बताएका छन । उनिहरुले बिराटनगर महानगरमा आधारभुत आवश्यकताको परिपुर्ति , उद्योग तथा व्यवसायको बिकास , बालमैत्री नगर र स्र्माट सिटी स्वच्छ तथा हराभरा बिराटनगर , शुसासन , कला संस्कृतिको जर्गेना शहरी गरिब समस्या समाधान , उद्योग तथा बाणिज्य क्षेत्रमा सुधार र शिक्षा , कृषी , खानेपानी , स्वास्थ्य र बतावरण अनि समाजिक सुरक्षण र सुरक्षामा बिशेष रुपले चासो दिएर काम गर्ने जानकारी गराएका छन् ।

प्रचण्ड नेतृत्वको निर्वतमान सरकार , गणतन्त्रपछिको सबैभन्दा सफल सरकार

प्रतिबद्धता सार्बजनिक कार्यक्रमलाई सम्बोधन गर्दै माओबादी केन्द्रका नेता तथा पुर्व मन्त्री गिरिराजमणी पोखरेलले प्रचण्ड नेतृत्वको निर्वतमान सरकार गणतन्त्र बहालीपछिको सबैभन्दा सफल सरकार भएको दाबी गरेका छन् ।

नेता पोखरेलले २०६४पछि हालसम्म निर्माण भएका सबै सरकार मध्ये माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल –प्रचण्ड० को नेतृत्वको निर्वतमान सरकार सबैभन्दा सफल सरकार हो भनेर दाबी गरेका हुन् ।

हाल संबिधानमा प्राप्त भएको धर्मनिरपेक्षा , संबिधान निर्माण , संघियता र गणतन्त्र माओबादी केन्द्रके एजेण्डा भएको बताए । उनले स्थानिय तहको सँख्या निर्धारण गरेर गाउँ गाउँमा सिँहदरवारको अधिकार पुरयाउने काम प्रचण्ड नेतृत्वको निर्वतमान सरकाले नै गरेको दाबी गरे । नेता पोखरेलले देशमा स्थानिय तहको निर्वाचन गराउन र चीनसँग वानबेल्ट वान रोडको अवधारणामा सम्झौत ागर्ने काम पनि प्रचण्ड नेतृत्वकै सरकारबाट संभव भएको बताए । काठमाण्डौ निजगढ फास्टट्रयाक निर्माणको थालनी, बर्षौदेखि व्याप्त लोडसेडिङ अन्त गराएर उज्यालो नेपाल कार्यक्रम संचालन गराउनेदेखी राष्ट्रिय गौरवका आयेजनाहरुको अनुगमन गरि तीव्र गतिमा सम्पन्न गराउनेका लागि पहल गर्ने काम पनि निर्वतमान सरकारबाटै भएको दाबी गरे । उनका अनुसार मधेशको समस्या समाधानकालागि पनि प्रचण्ड सरकारले उल्लेख्य भुमिका खेलेको बताउँदै निर्वतमान सरकार हरप्रकारले इतिहासकै सफल सरकार भएको दाबी गरे ।

पूर्व मन्त्री पोखरेलले बिराटनगर महानगर नेतृत्व बिहिन भएको बताउँदै जित हासिल गरेर नयाँ र सही नेतृत्व दिएर बिकासमा पछाडी परेको बिराटनगरलाई अन्य महानगरभन्दा अगाडी बढाउन उम्मेदबार र कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिबद्धता सार्बजनिक कार्यक्रममा माओबादी केन्द्रका पोलिटव्युरो सदस्य गोपी अछामी अर्थशास्त्री डा पिके झाले बिराटनगरलाई आर्थिक , भौतिक , समाजिक बिकासकालागि माओबादीको एजेण्डा नै जित सुनिश्चित गराउने मुख्य आधार हो भने । यसैगरि माओबादी केन्द्र बिराटनगर महानगरका मेयरका उम्मेदबार भोगेन्द्र यादब र उपमेयर उम्मेदवार नमिता न्यौपानेले आफुहरुले जित हासिल गरेमा प्रतिबद्धता पत्र अनुसार काम गरेर बिराटनगरलाई नमुना महानगर बनाउने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप