बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन आयोगको पुस्तिकामा ‘मैथिली भाषा’ विवाद

आइतबार, २८ जेठ २०७४, १० : ५९
आइतबार, २८ जेठ २०७४
धनुषा, जेठ २८ – केहि दिनयता मात्रै मधेशीलाई लक्षित गरी निर्वाचन आयोगले सार्वजनिक गरेको भिडियो बिवाद नसेलाउँदै निर्वाचन आयोगले फेरी अर्को गल्ती दोहोरयाएको छ । आयोगले चुनावको प्रचार प्रसार गर्न धुर्मुस–सुन्तलीद्धारा अभिनित विवादित भिडियोमा मधेशीलाई लक्षित कालो दलेर भिडियो सार्वजनिक भएपछि मधेशमा त्यसको विरोध भएको थियो । निर्वाचनका लागि प्रचार प्रसार तथा निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन आयोगले जारी गरेको निर्वाचन प्रश्नोत्तर सम्बन्धी पुस्तिकामा मैथिली भाषालाई अशुद्ध लेखिएको पाइएपछि पुनः बिवाद भएको हो । जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचनको तयारीबारे जानकारीका लागि सर्वपक्षिय बैठकमा पुस्तिका प्रस्तुत गरेपछि भाषात्रुटि सम्बन्धि रहस्य बाहिर आएको हो । जनकपुरमा भएको कार्यक्रममा पुस्तकमा महिलालाई ‘जनानी’ भनेर सम्बोधन गरिएको भन्दै सञ्चारकर्मीहरुले महिला लाई ‘जनानी’ भनेर सम्बोधन गर्नु अपमानजनक भएको बताएका थिए । सहभागिहरुले यस्ता अपमानजनक शब्दहरुप्रति खेद प्रकट गर्दैै निर्वाचन आयोगलाई तत्काल सच्याउन सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप