बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रोत्साहन स्वरुप ह्वील चियर र छात्रवृत्ति

आइतबार, २८ जेठ २०७४, ११ : ०३
आइतबार, २८ जेठ २०७४
धनुषा, जेठ २८ –अपाङगता भएका वयस्क तथा छात्रछात्राहरुलाई ह्वीलचेयर र छात्रवृत्ति प्रदान गरिएको छ । हिडडुल गर्न सहज तथा प्रोत्साहन गर्ने उदेश्यले क्षीरेश्वरनाथ नगरपालिकाले नगर क्षेत्रका आपाङ्गता भएका व्यक्तिहरुलाई एक कार्यक्रमबीच ह्वील चियर र छात्रवृति वितरण गरेको हो । नगरपालिका महेन्द्रनगरको आयोजना र आपाङ्ग समाज जनकपुरको सहजीकरणमा भएको कार्यक्रममा अपाङगता भएका ९ जनालाई ह्वीलचेयर वितरण गरिएको थियो भने ८ जनालाई छात्रवृति प्रदान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले ह्वीलचेयर र छात्रवृति वितरण गर्दै यसअघि पूर्वाञ्चलका सुुन्दर दुलारी नगरपालिकामा यसरीनै एक आपाङ्गलाई ह्वील चियर वितरण गरेको त्यसपछि उनको दैनिकि सहज भएको उदाहरण दिए । उनले यस अघि हुन नसकेका नगरपालिका क्षेत्रभित्रका आपाङ्ग व्यक्तिहरुको लागि अगामी बर्षमा थप सहायत दिवा सेवा केन्द्र (डे–केयर सेन्टर) को स्थापनाको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप