प्रियंकाको आइटमले उकासियो ‘लाल्टिन’को ब्यवसाय, थपियो दर्जन बढी शो
आइतबार, २८ जेठ २०७४, ११ : ११
काठमाडौं, जेठ २८ – केही सातायत रिलिज भएका कुनैपनि चलचित्रले निर्माता निर्देशक रिझाउन नसके पनि गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाल्टिन’ले भने निर्माता निर्देशकलाई खुसी दिन सफल भएको छ ।
पहिलो दिन अर्थात शुक्रबार नै सुरुवाती ब्यवसाय राम्रो गरेको चलचित्रले शनिबार झन् रेकर्ड बनाएको छ । चलचित्र हेर्न उपत्यका तथा मोफसलका केही हलमा उर्लिएका दर्शकले गर्दा चलचित्र भवनले निर्धारित भन्दा केही शो थपेका छन् ।
शुक्रबारका दर्शकले चलचित्रको बारेमा राम्रो प्रतिक्रिया दिएकोले शनिबार दर्शक बढेको हलवालाहरुको भनाई रहेको छ । शनिबार मल्टिप्लेक्स सहित केही सिङ्गल थिएटरमा समेत शो थपिएको निर्माता भानुप्रतावले बताए । ‘कलाकार र बिषय राम्रो उठाएकोले चलचित्र चल्छ भन्ने थियो’ निर्माता भानुप्रतावले भने ‘तर शो नै थपिने गरि चल्छ भन्ने अनुमान गरेको थिइन । ’ शुक्रबार र शनिबारका दर्शकले दिएको राम्रो प्रतिक्रियाले आइतबार अझै दर्शक बढ्ने अनुमान भानुप्रतावले लगाए ।
देवकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ ।
चलचित्र भानुप्रतापको प्रस्तुतिमा अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । भनुप्रताव चलचित्रको भिलेन अभिनय राम्रो जमेका ब्यक्ति हुन् । उनले निर्माण गरेको भएकोले पनि चलचित्र प्रति दर्शकलाई बिस्वास लागेको हो । चलचित्रमा प्रियंका कार्कीको एक हट आइटम समेत रहेको छ । उक्त आइटमले समेत दर्शकलाई आकर्षण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण