बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तुलसीपुरका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात

आइतबार, २८ जेठ २०७४, ११ : १९
आइतबार, २८ जेठ २०७४
दाङ, जेठ २८–शुक्रवार अपहरणमा परेका तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अवस्था आईतवार सम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार आकस्मिक बैठक बसेर शकुसल रिहाईका लागि सम्वन्धित पक्षसँग अपिल गरेको छ । संघका अध्यक्ष विमल रिजालले यथासक्य रिहाईका लागि अपिल एवं शुरक्षा निकायलाई खोजीका लागि अनुरोध गरेको बताए । तुलसीपुरमा व्यवसायीहरु एकाएक अपहरणमा पर्ने घटनाहरु पटक पटक दोहोरिए पछि व्यवसायीहरु सशंकित वनेका छन् । तुलसीपुरवाट राती ८ वजे अपहरणमा परेका व्यापारी श्रेष्ठको खोजीकार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । एसपी सिंहले अनुसन्धानलाई व्यापक वनाउन गहन शुरक्षा संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन् । व्यापारी श्रेष्ठ सवार वा.१२ च १०७१ नम्बरको निजी जिप र भारतिय नम्बर प्लेटको गाडी समेत सल्यानको कपुरकोट गाउंपालिका सिनवाङ्ग र रिमको विच जंगलमा पर्ने शितल वजारमा फेलापारेको सल्यान प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिएका छन् । श्रेष्ठसंगै घोराहीकाठेकेदार रनवहादुर घर्ति र अर्का एकजना महिलालाई समेत अपहरणकारीले संगै लगेको प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप