दाङमा जनजाति उम्मेदवारको बाहुल्यता, निणार्यक हुने भन्दै थारुलाई प्राथमिकता
दाङ, जेठ २८ –स्थानीय तह निर्वाचनमा जनजाति उम्मेदवारको उल्लेखनीय सहभागिता हुने भएको छ । मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले जिल्लामा जनजाति समुदायलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरिरहेका छन् ।
संविधानले अनिवार्य गरेको महिला र दलित महिलाबाहेक जनजाति क्षेत्रबाट उल्लेख्य संख्यामा उम्मेदवार बनेपछि चुनावी प्रतिष्पर्धा पनि रोचक हुने सरोकारवालाहरुले बताएका छन् । थारु समुदायको बाहुल्यता रहेको दाङमा थारु, मगर, मधेशी दलित गरी ६ सय बढी उम्मेदवार चुनावी मैदानमा उत्रिने तयारीमा छन् । दाङमा कुल ५ सय २० प्रतिनिधि छनोटका लागि हुने निर्वाचनमा २ हजार बढि उम्मेदवारहरु चुनावी प्रतिस्पर्धाका लागि तयारी छन् ।
झण्डै ३ लाखको हाराहारीमा मतदाता रहेको दाङमा कुल जनसंख्याको २९ प्रतिशत अर्थात १ लाख मत थारु समुदायको रहेको बताइन्छ । थारु जातिको मत नै जिल्लामा निर्णायक हुने भएपछि थारु समुदायको मत तान्न राजनीतिक दलले थारु नेताहरुलाई उम्मेदवारमा समेट्ने प्रयास गरेका छन् ।
२ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका रहेको दाङमा एमालेले घोराही उपमहानगरपालिबाट मेयर पदमा नरुलाल चौधरीलाई उठाएको छ भने माओवादी केन्द्रले उपमेयरमा सीता चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै माओवादीले लमहीको उपमेयरमा कालुराम चौधरीलाई उठाएको छ । कांग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाइनसके पनि थारु समुदायलाई समेट्ने गरी उम्मेदवारी दिने कांगे्रस दाङका सचिव शंकर डांगीले बताएका छन् ।
कांग्रेसले जिल्लामा १० भन्दा बढी वडाअध्यक्षमा थारु नेतालाई उम्मेदवारमा उठाएको जनाएको छ । दाङमा सबैभन्दा बढी थारु उम्मेदवार उठाउनेमा माओवादी रहेको छ ।
माओवादीले दंगीशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा हिरालाल चौधरी र सीता चौधरीलाई उठाएको छ भने राप्ती गाउँपालिकाको अध्यक्षमा पनि श्यामेश चौधरीलाई उठाएको छ । त्यस्तै बबई गाउँपालिकाको उपाध्यक्षमा उर्मिला चौधरी र गढवा गाउँपालिका उपाध्यक्षमा रमाकुमारी चौधरीलाई अघि सारेको छ ।
एमालेले दंगीशरण गाउँपालिकाको अध्यक्षमा भागीराम चौधरीलाई उम्मेदवार बनाएको छ भने गढवा गाउँपालिकाको उपाध्यक्षमा शान्ती चौधरी र राजपुर गाउँपालिकाको उपाध्यक्षमा सीता चौधरीलाई उठाएको छ । जिल्लामा रहेका एक सय वडामध्ये करिब १५ देखि २० वडामा थारु जातिबाट अध्यक्षका उम्मेदवार उठेको देखिन्छन् भने वडा सदस्यमा उठ्नेको संख्या उल्लेखनीय देखिन्छ ।
प्रमुख तीन दलबाहेक जनमोर्चा, थरुहट र नयाँ शतिm पार्टीले पनि थारु बाहुल्य क्षेत्रबाट थारुलाई उम्मेदवार बनाउने तयारी गरेका छन् । जिल्लाका राप्ती, गढवा गाउँपालिका त्यस्तै लमही नगरपालिका, घोराही र तुल्सीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिका थारुको सघन बस्ती रहेको क्षेत्र मानिन्छ ।
माओवादीलाई यो स्थानसम्म ल्याउन थारु समुदायको उल्लेखनीय भूमिका रहेको भन्दै माओवादी केन्द्रका नेता हेमराज शर्मा ‘डायमण्ड’ले थारू बाहुल्य रहेका स्थानमा आफ्नो पार्टीले थारू समुदायबाटै उम्मेदवारलाई अघि सारेको बताए ।
थारु मात्र होइन जिल्लामा मेयरदेखि वडा सदस्यसम्म उम्मेदवार जनजातिको संख्या पनि बाक्लो छ । राष्ट्रिय जनमोर्चाले घोराही उपमहानगरपालिकाको मेयर पदमा रामबहादुर घर्तीमगरलाई उठाएको छ भने एमालेले लमही नगरपालिकाको उपमयेरमा मिना गुरुङलाई उठाएको छ । माओवादी केन्द्रले राजपुर गाउँपालिकाको अध्यक्षमा श्यामबहादुर झाँक्रीमगर र शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेवबहादुर रोकामगरलाई उठाएको छ कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाइसकेको छैन ।
माओवादीका बंगलाचुली गाउँपालिकाको उपाध्यक्षदेखि ८ बटै वडाका अध्यक्षहरुमा जनजाति उम्मेदवारहरुलाई उठाएको छ भने एमालेले सबैभन्दा बढी घोराही उपमहानगरका ४ र तुल्सीपुरका ३ वडामा जनजाति उम्मेदवारलाई अध्यक्ष पदमा उठाएको छ । करिब ३५ देखि ४० प्रतिशत वडामा जनजाति अध्यक्षहरुको उम्मेदवारी परेको देखिन्छ भने वडासदस्यमा पनि जनजातिका उम्मेदवार देखिन्छन् ।
पत्रकार पनि चुनावी मैदानमा स्थानीय तह निर्वाचनमा पत्रकारहरु पनि चुनावी मैदानमा होमिएका छन् । पत्रकारिताको कामलाई थाती राख्दै उनीहरु उम्मेदवार भएर घर–घरमा भोट माग्दै हिडेका छन् । यसरी चुनावमा उत्रेका पत्रकारहरु मेयरदेखि उपमेयर र वडा अध्यक्षदेखि सदस्यसम्म छन् ।
मेयरमा चुनाव लड्ने पत्रकारमा सुशीला आचार्य र उपमेयरमा निमबहादुर थापा रहेका छन् । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीबाट घोराही उपमहानगरपालिकाबाट मेयर पदमा उम्मेदवार दिएकी आचार्य पत्रकार महासंघकी केन्द्रीय सभासद् हुन् भने लमही नगरपालिकाबाट उपमेयरमा उठेका थापाचाहिँ नागरिक समाजका अगुवा र पत्रकार महासंघका साधारण सदस्य तथा पुराना पत्रकार हुन् ।
यसैगरी तुल्सीपुर महानगरपालिका वडा नं. ९ मा पत्रकार संगीत बस्याल एमालेको तर्फबाट अध्यक्षको पदमा लड्दैछन् भने वडा नं ५ र ११ मा पत्रकार सुरेश श्रेष्ठ र सुवास डिसीले कांग्रेसको तर्फबाट सदस्य पदमा उम्मेदवारी पाएका छन् ।
त्यस्तै दंगीशरण गाउँपालिकाको २ नं वडामा पत्रकार प्रकाश डाँगी कांग्रेसबाट सदस्य पदमा उम्मेदवारी दिएका छन् भने घोराहीको १६ नं. वडाबाट पत्रकार सपना बोहराले नेपाली कांग्रेसबाट सदस्य पदको टिकट पाएकी छिन् । उनीहरु जिल्लाका विभिन्न रेडियो र पत्रिकाहरुमा कार्यरत पत्रकारहरु हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण