बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजधानीमै भयो प्रहरी कार्यालयको शौचालयमा आत्महत्याको प्रयास

आइतबार, २८ जेठ २०७४, ११ : ५७
आइतबार, २८ जेठ २०७४
! जेठ २८, काठमाडौं– राजधानीको नागढुंगास्थित महानगरीय प्रहरी प्रभागको शौचालयमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । चोभार स्थायी घर भएका कुमार कार्र्कीले आत्महत्या प्रयास गरेका हुन् । २९ बर्षीइ कार्कीले शनिवार दिउँसो शौचालय भित्र चुकुल लगाएर ब्लेडले घाँटी रेटेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रधुम्न कार्कीले रातोपाटीलाई जानकारी दिए । शनिवार मध्यान्ह पुर्वतिर यात्रा गरेर आएका कार्किले प्रहरी प्रभाग अघिल्तिर बसेर केहीबेर धुम्रपान गरेको र त्यसपछी शौचालय छिरेको बताईएको छ । लामो समय शौचालयबाट ननिस्केपपछि प्रहरीले चुकुल फोडेर हेर्दा कार्की लडिरहेको र घाँटीबाट रगत बगेको देखेपछि प्रहरीले नै उनलाई अस्पताल लगेका थिए । हाल उनको ट्रमा सेन्टरमा उपचार भईरहेको एसपी ककार्कीले रातोपाटीलाई बताए । प्रहरी स्रोतका अनुसार कार्कि मानसिक रुपमा अस्वस्थ छन् । प्रेम–वियोगका कारण उनले आत्महत्या प्रयास गरेको हुनसक्ने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप