दीपाकी बहिनी रानुको ‘ब्रेक फेल’को यस्तो बन्यो भिडियो
काठमाडौं, जेठ २८ – चर्चित हाँस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनी रानु निरौलाको स्वर रहेको गीत ‘ब्रेक फेल’को भिडियो सार्वजनिक भएको छ ।
अडियो सार्वजनिक लगतै हिट भएको यो गीत रानुले तिलक बस्नेतसँग मिलेर गाएकी छन् । राजेन्द्र भट्टको संगीत र सुमन खत्रीको एरेन्ज रहेको गीतको भिडियो पनि निकै राम्रो बनेको छ ।
भिडियोमा अभिनेत्री अनु शाह, अरुण खड्का र संगीतकार राजेन्द्र भट्ट लगायतको अभिनय देख्न सकिन्छ । कोरस समेत प्रयोग गरेर निर्माण गरिएको भिडियो निकै आकर्षक बनेको छ । भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।
एकता फिल्मस्ले निर्माण गरेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, प्रबिन भट्टको सम्पादन रहेको छ । भिडियो रिलिज भएपछि गीतको पनि चर्चा चुलिएको छ । गीतका कारणले गायिका बिभिन्न कार्यक्रमको अफर आइरहेको उनले बताएकी छन् ।
भिडियोमा अनुका साथ मोडलिङमा देखिएका कलाकार अरुण चलचित्रका निर्माता पनि हुन् । दुई चलचित्रको सफल निर्माण प्रदर्शन गरिसकेका उनी अहिले तेस्रो चलचित्र निर्माण तयारीमा छन् ।
https://youtu.be/kICl-T4UGVoखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण