राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने तयारी, आजै संसद सचिवालयमा दर्ता गर्ने निर्णय
आइतबार, २८ जेठ २०७४, १२ : १५
काठमाडौं, जेठ २८ –राजपा र सत्तारुढ दलबीच राजनीतिक दलसम्बन्धि ऐन सशोधन गर्ने सहमति भएको छ ।
आज भएको राजपा र सत्तारुढदलबीचको छलफलमा चुनाव चिन्हसम्वन्धी विवाद अन्त्यका लागि सरकारले राजनीतिक दलसम्वन्धी ऐन संशोधन गर्ने सहमति जनाएको नेता विमलेन्द्र निधीले जनाए । निधिका अनुसार ऐनको दफा १० को व्यवस्था संशोधनमा सहमति भएको हो ।
नेपाल सरकारले संशोधन विधेयक तयार पारी आजै संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरेको छ । विधेयक फास्ट ट्रयाकबाट पारितको आश्वासन सरकारले राजपालाई दिएको छ।
सरकारको प्रस्ताव अनुसार राजपाले अब एकीकरण भएका ६ दलमध्येको एक चुनाव चिन्ह प्रयोग गर्न पाउनेछ। तर, यस्तो चुनाव चिन्ह जिल्ला अनुसार नै फरक फरक हुन सक्ने देखिएको छ । एक जिल्लामा एकभन्दा बढी चुनाव चिन्हको प्रयोग भने नहुने भएको छ।
सहमतिअनुसार नयाँ व्यवस्था अनुसार राजपाले चुनाव चिन्ह छनोट र विजयी भएपछि राजपाकै नामबाट प्रमाणपत्र पाउनेछ । तर, छाता चुनाव चिन्ह माग गरेको राजपाको मागलाई संशोधनले सम्वोधन नगर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण