बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिरो श्याम बने मेयरका उम्मेदवार

आइतबार, २८ जेठ २०७४, १२ : २९
आइतबार, २८ जेठ २०७४
काठमाडौं, जेठ २८ – अभिनेता श्याम कुमार मिश्र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कृष्णनगर नगरपालिकाकोे मेयर पदका उमेदवार बनेका छन् । आधा दर्जन बढि चलचित्र अभिनय गरेका मिश्र कपिलबस्तुको कृष्णनगर नगरपालिका लागि राप्रपाको तर्फबाट उमेदवार बनेका हुन् । अभिनयको अलवा समाज सेवामा समेत सक्रिय उनी स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भन्ने नार घन्काउदै अहिले घरदैलो कार्यक्रममा जुटेका छन् । किङ, देउता, नालायक, ब्वाइफ्रेण्ड लगायत चलचित्रमा अभिनय गरेका मिश्र गायनमा समेत देखिदै आएका छन् । मिश्रले बिजय हासिल गरे लगतै नगरपालिका भित्र विधमान फोरमैला, ढल निकासा लगायतका बिषयलाई प्रथामिकताका साथ काम गर्ने बताउदै आएका छन् । समाज सेवाका कारणले समेत चिनिदै आएका मिश्रले आफ्नो जित निस्चत रहेको बताए । ‘सबै जनताको राम्रो साथ पाएको छु , मलाई बिस्वास छ म जित्छु होला ।’ मिश्रले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप