भोकमरीले ग्रस्त यो देशका ७८ लाख मानिसले एकाएक खाना नपाउने, के होला स्थिती ?
बीबीसी
जेठ २८ – संयुक्त राष्ट्र संघले जून महिना समाप्त भएलगत्तै इथियोपियाका ७८ लाख मानिसहरुका लागि उपलब्ध गराईको आपतकालीन खाद्य सामग्री समाप्त हुने चेतावनी जारी गरेको छ ।
संयुक्त राष्ट्र संघको एजेन्सी वर्ल्ड फूड प्रोग्रामका जोन आयलिफले भने, ‘हाम्रो खानपिनको सामान जून महिनामा समाप्त हुँदैछ । यसको अर्थ यो हो कि ७८ लाख मानिसहरुले अचानक खाना पाउने छैनन् ।’
‘सेभ द चिल्ड्रन’ संस्थासँग सम्बन्धित जोन ग्राहमले भने, ‘जब खाना सिद्धिन्छ तब हामीलाई थाहा छैन के हुनेछ । खानाका सामग्री बिना खतरनाक कुपोषणको समस्या सार्वजनिक हुनेछ किनभने खानाका लागि मानिसहरुले केही पाउने छैनन् । यी बच्चा गम्भीर कुपोषणको शिकार हुनेछन् जसले निकै खतरनाक स्थिती पैदा गर्दछ ।’
सरकारले मागिरहेको छ मद्दतः
इथियोपियाको सरकार र अन्य स्थानीय संगठनले संसारका तमाम दाताहरुसँग मद्दत मागेको छ तर उनीहरु नसुनेको जस्तो गर्न सकिने आशंकाबाट डराएका छन् किनभने संसारभरी मानवताको संकट पैदा भइरहेको छ ।
संयुक्त राष्ट्रले उत्तर–पूर्वी नाइजेरिया, दक्षिणी सूडान, यमन र सोमालियामा चलिरहेको अकाललाई सन् १९४५ पछि संसकारको सबैभन्दा ठूलो मानवीय संकट भनिएको छ ।
इथियोपियाको सरकारले खडेरीसँग लड्नमा सफलता पाएको छ तर अहिलेसम्म सरकारसँग आफ्नो शक्तिमा खडेरीसँग लड्नका लागि पर्याप्त धन छैन ।
पछिल्लो वर्ष सरकारले ३ सय ८१ मिलियन डलरको राशी खडेरीसँग लड्नका लागि छुट्याएको थियो तर अहिलेसम्म खडेरीको संकट समाधान हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण