पर्वतमा अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न
आइतबार, २८ जेठ २०७४, १३ : १०
पर्वत , २८ जेठ । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ ।
पर्वत ब्याडमिन्टन सङ्घको पहलमा रु ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो ।
यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेसलगायतका स्थानमा खेल्दै आएका ब्याडमिन्टन खेलाडी अव भने कभर्डहलमा खेल्न पाउने भएका छन् । करिब ६ महिनामा उक्त कभर्डहलको निर्माण कार्य सम्पन्न भएको हो ।
कभर्डहल निर्माणका लागि ब्याडमिन्टन खेलाडीले रु पाँच हजारदेखि रु तीन लाखसम्म सहयोग प्रदान गरेका छन् ।
यसैगरी कभर्डहल निर्माणका लागि जिल्ला समन्वय समिति पर्वत, जिल्ला खेलकुद विकास समिति पर्वत, कुश्मा नगरपालिका कार्यालय पर्वत, कालीगण्डकी करिडोर प्रसारण लाइन शाखा पर्वतलगायतले संस्थागत सहयोग उपलब्ध गराएको छ भने सांसद अर्जुनप्रसाद जोशीले रु तीन लाख सहयोग प्रदान गरेका हुन् ।
कभर्डहल निर्माणका लागि व्यक्तिगत र संस्थागत गरी हालसम्म रु ४७ लाख सङ्कलन भएको र रु चार लाख अझै अपुग भएको सङ्घका कोषाध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिए ।
कुश्मा नगरपालिकाअन्तर्गत गुप्तेश्वर बहुमुखी क्याम्पससँगै बनेको उक्त कभर्डहलबाट पर्वतमा नयाँ खेलाडी उत्पादन गर्ने सोच रहेको सङ्घका अध्यक्ष तथा कभर्डहल निर्माण समितिका अध्यक्ष प्रेम गुरुङले भने – “पहिला हामी भाडा तिरेर खेल्नुपर्ने अवस्था थियो, नयाँ खेलाडीलाई पनि समस्या हुन्थ्यो, अव हामी नयाँ खेलाडीलाई पनि ब्याडमिन्टन खेलप्रति आकर्षण गर्ने गरी खेल कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ”
कभर्डहल निर्माण सम्पन्न भएपछि राष्ट्रियस्तरको खेल सञ्चालन गर्नसक्ने क्षमता पर्वतले राखेको भन्दै उहाँले खुसी व्यक्त गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण