दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङको निर्माण
आइतबार, २८ जेठ २०७४, १३ : १८
कञ्चनपुर, २८ जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ ।
डिभिजन सडक कार्यालय कञ्चनपुरले दिप तामाकोसी कन्ट्रक्सनलाई रु बीस लाखमा ठेक्का दिई जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गराएको हो । बढी भिडभाड हुने गड्डाचौकीदेखि अत्तरियासम्मको एक हजार सात सय स्क्वायर मिटर क्षेत्रमा जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गरिएको डिभिजन सडक कार्यालय कञ्चनपुरले जनाएको छ ।
गड्डाचौकी, दैजी, महेन्द्रनगर बजारको भानु चोक र झलारी क्षेत्रमा रोड मार्किङ मेसिनको सहायताले जेब्रा क्रसिङ निर्माण गरिएको कन्ट्रक्सनका कर्मचारी दीपक वरुवालले बताए ।
विद्यालय, बजार क्षेत्र र बढी भिडभाडा हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने विश्वास ट्राफिक प्रहरी रामनरेश चौधरीको छ ।
“पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्यूनीकरण गर्न जेब्रा क्रसिङले निकै मद्दत पु¥याउने विश्वास लिएका छौं” उनले भने ।
जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउने ट्राफिक प्रहरीको योजना छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण