खाजा खर्च कटाएर उपचार खर्चमा सहयोग
आइतबार, २८ जेठ २०७४, १३ : २२
जेठ २८, म्याग्दी बाबियाचौरस्थित डनिङ आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले आफ्नो नियमित खाजा खर्च कटाएर एक वृद्धाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । मङ्गला गाउँपालिका–५ अर्मन छिस्वाङकी ६० वर्षीया भविकला पुर्जाको उपचारका लागि खाजा खर्चमा कटौती गरी विद्यार्थीले रु ४८ हजार २८६ जुटाएर हस्तान्तरण गरेका हुन् ।
गत शनिबार फुड पोइजनिङ भएर अचेत अवस्थामा उद्धार गरी पोखरामा उपचार भइरहेको पुर्जाको उपचारका लागि विद्यालयको जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सो रकम जुटाएका विद्यालयका प्रधानाध्यापक याम थापाले जानकारी दिए । विद्यार्थीहरुबाट रु ३६ हजार ६०२ र शिक्षकबाट रु ११ हजार ६८४ सङ्कलन गरिएको थियो । “विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोगको घोषणा गरे । उनीहरुकै अभियानमा शिक्षकले समेत सहयोग गरे”, प्रधानध्यापक थापाले भने ।
उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका र बाढीपीडितका साथै अन्य सामाजिक क्षेत्रमा समेत विद्यार्थीले सक्रियता देखाउने गरेकाले पनि तत्कालै राहत सङ्कलन हुने गरेको हो । सङ्कलित रकम विद्यालयका अध्यक्ष नरसिंह केसी, सो सर्कलका अध्यक्ष जीवन सापकोटासहित विद्यार्थी, शिक्षक लगायतको उपस्थितिमा भविकलाकी आफन्त औसिया पुर्जालाई हस्तान्तरण गरिएको छ ।
घरमा ढिँडोसँगै आलु र भेन्टाको तरकारी खाएलगत्तै पुर्जासँगै माइत आएकी रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेकी चिना गुरुङ, उनका श्रीमान प्रेम बहादुर र १४ महिनाका छोरा बेहोस भएका थिए । चिना र उनका छोराको उपचारका क्रममा मृत्यु भएको छ भने भविकला र प्रेम बहादुरको उपचार भइरहेको छ । एकल महिलासमेत रहेकी पुर्जाको उपचारमा पश्चिम म्याग्दीको दरवाङ, देविस्थान लगायतका क्षेत्रबाट समेत सहयोग भएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण