मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजुलाई
आइतबार, २८ जेठ २०७४, १३ : २६
झापा , २८ जेठ । मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् ।
आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल इन्स्टिच्युटमा अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् ।
शनिबार राति सम्पन्न फाइनल अडिसनमा २९ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले सो उपाधि हात पारेकी हुन् । नेवाः देय दबू झापा शाखाको आयोजना तथा बिर्ता मिडिया एन्ड इन्टरटेन्टमेन्टको व्यवस्थापनमा भएको प्रतियोगितामा फस्ट रनर अप बिर्तामोडकी झर्ना श्रेष्ठ भइन् भने सेकेन्ड रनर अप बुधबारेकी सञ्जिता श्रेष्ठ घोषित भइन् ।
फष्ट रनरअपले नगद रु २१ हजारसहित सोही कलेजबाट ५० प्रतिशत छात्रवृत्ति र सेकेन्ड रनरपले नगद रु ११ हजारसहित सोही कलेजबाट २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरेको आयोजक समितिका ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण