बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाँकेमा काँग्रेस उम्मेदवारको टुङ्गो

आइतबार, २८ जेठ २०७४, १३ : ३१
आइतबार, २८ जेठ २०७४
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति किरण कोइरालाले बताए । कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु चौधरीलाई उम्मेदवार तोकिएको छ । यसैगरी, पाँचवटै गाउँपालिकाको उम्मेदवार पनि काँग्रेसले टुङ्गो लाएको छ । खजुरा गाउँपालिकाको अध्यक्षमा नक्की खां र उपाध्यक्षमा दीपा आले, वैजनाथ गाउँपालिकाको अध्यक्षमा देवबहादुर खत्री र उपाध्यक्षमा भावना चौधरी, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा लाहुराम थारू र उपाध्यक्षमा धनीकुमारी खत्री उम्मेदवार बनेका छन् । यसैगरी, जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खां र उपाध्यक्षमा रामप्यारी यादव र नरैनापुर गाउँपालिकाको अध्यक्षमा रामचन्द्र मौर्य र उपप्रमुखमा अतिकुन्नी साह उम्मेदवार बनेका छन् । उम्मेदवारको टुङ्गो लागे पनि अझै केही असन्तुष्ट पक्षले विरोध जनाएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप