सिप्रदी ट्रेडिङ्ग विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिव्युटर अर्वाडबाट सम्मानित
आइतबार, २८ जेठ २०७४, १३ : ४५
काठमाडौं, जेठ २८ – सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालि. हालै भारतको मुम्बईमा सम्पन्न टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सर्वोकृष्ट डिष्ट्रिव्युटर घोषित भएको हो । युरोप, अफ्रिका र एसियाका गरि विश्वका ४५ देशबाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको बितरकहरुमध्येबाट उत्कृष्ट सम्मान पाएको सिप्रदी ट्रेडिङ्ग प्रालिले थप अन्य आठवटा विधाहरुमा पनि उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ ।
सिप्रदीले बस र एमएण्ड एचसिभि ट्रक विधाबाट ’सर्वाधिक विक्री २०१६’,सर्वाधिक मार्केट शेयर २०१६’, त्यस्तै अल्ट्रा बसको लागी ’सर्वाधिक विक्री २०१६’ को उत्कृष्ट अवार्ड हात पारेको हो । सिप्रदी उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ’सर्वाधिक मार्केट शेयर २०१६’ र ’उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्डबाट पनि सम्मानित भएको छ ।
कार्यक्रममा विश्वभरका टाटा मोटर्सका आधिकारिक वितरकको तर्फबाट बरिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो । अवार्डहरुबाट सम्मानित भएपछि सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आगामी दिनमा पनि राम्रो काम र उत्कृष्ठ सेवाहरु प्रदान गर्दै यस्तो अवार्डहरुबाट निरन्तर सम्मानित हुने र देशकै नाम उच्च राख्ने प्रतिवद्धता व्यक्त गरे ।
सन् १९८२ मा स्थापीत सिप्रदी ट्रेडीङ्ग प्रालीले टाटा मोटर्सका विभिन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ । नेपालभर २४ वटा विक्रीपश्चात सेवा दिने केन्द्रहरु रहेको यस कम्पनीले ग्राहकहरुको सन्तुष्टिको लागी पूर्णरुपमा सेवाहरु प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारले पनि धेरै पटक सवै भन्दा बढि कर तिर्ने सस्थांको रुपमा सिप्रदी ट्रेडिङ्गलाई सम्मान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण