बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुवातास खेल्न ९ जना बौद्धबाट पक्राउ

आइतबार, २८ जेठ २०७४, १३ : ५५
आइतबार, २८ जेठ २०७४
काठमाडौं, जेठ २८ – काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी स्थित पाल्देन गुरुङ्गले भाडामा लिएको घरमा अवैध रुपमा मच्याङ्ग तास खेली रहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार नगद १ लाख १३ हजार २ सय १० नेपाली रुपैयाँ र १८ हजार १ सय भारतीय रुपैयाँ, ३ बुक तास, मच्याङ्ग खेल्न प्रयोग हुने छडी १० थान र मच्याङ्ग गोटी १ सय थान सहित जुवाडेहरुलाई नियन्त्रणमा लिईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैबीच, खुर्पा प्रहार गरि हत्या गरेको अभियोगमा नवलपरासी स्थित मध्यबिन्दु नगरपालिका–१४ राकांचुली बस्ने ३० वर्षीय होमबहादुर दर्लामी पक्राउ परेका छन् । दर्लामीले शनिबार सोही ठाउँ बस्ने ९० वर्षीय ईन्द्रबहादुर पछाई र ७४ वर्षीय तिलिसरा सोमै मगरलाई खुर्पा प्रहार गर्दा पछाईको घटनास्थालमै मृत्यु भएको थियो । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका मगरलाई उपचारको लागि अरुणखोला स्थित मेडिकल पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप