ओझेलमा रामग्राम स्तुप, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो
परासी, जेठ २८ –ऐतिहासिक पुरातात्विक एवं धार्मिकस्थल नवलपरासीको रामग्राम स्तुप सरोकारवालाको वेवास्थाका कारण ओझेलमा परेको छ ।
भगवान गौतम बुद्धको आठ ठाउँमा राखिएको अस्टधातुमध्ये विश्वमै एकमात्र सुरक्षित स्थान रामग्राम विकास, संरक्षण र प्रद्र्धनको अभावमा ओझेलमा परेको हो । नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट ३ किलोमिटर दक्षिण रामग्राम नगरपालिका ७ उजैनीमा अवस्थित रामग्राम स्तुपको चौतर्फि विकासमा सम्बन्धित निकायहरुको कुनै चाँसो देखिएको छैन । माटोको ठुलो ढिस्कोले चिनिने रामग्राम स्तुपमा कुनै प्रकारको भौतिक पुर्वाधार निर्माण, संरक्षण तथा प्रचार प्रसारमा ध्यान नपुगेको स्थानीयले बताएका छन् ।
रामगं्राम स्तुपको पुजा तथा भ्रमण अवलोकन गर्न विभिन्न देशका पर्यटकहरु आउने गरेपनि बस्ने होटेल, खानेपानी, शौचालय, पार्क र प्राथना गर्ने स्थान अभावले पर्यटकहरु उत्तिखेरै फर्किने गरेका रामग्राम स्तुप संरक्षण पर्यटन संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए । रामग्रामको विकासका लागि गुरुयोजना निर्माण, त्यसको संरक्षण र प्रवद्र्धनमा कसैले पनि चाँसो नदेखाएको अध्यक्ष उपाध्यायले आरोप लगाए । रामग्राम स्तुप पच्चिस सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तुप हो । किंवदन्तीअनुसार शान्तिका अग्रदुत भगवान बुद्धको महापरिनिर्वाण पछि भएको अन्त्येष्टि र अन्त्येष्टिपछि बचेको अस्थि(अवशेष) कलशमा राखेर बनाइएको स्तुप हो । कोलिय गणराज्यको राजधानीलाई रामग्राम पनि भनिन्थ्यो र रामग्रामका राजाले स्तुप बनाएका कारण यस्को नाम रामग्राम स्तुप भनिएको हो । रामग्राम स्तुपको खोजी गर्दा कोलिय राजधानी रामग्रामदेिख चार माईल पुर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियाँयात्रीको बर्णनको आधारमा रामग्राम स्तुप भेटिएको थियो ।
स्तुपको महत्वबारे बौद्धधर्म ग्रन्थ त्रिपिटकमा पनि उल्लेख छ । तर रामग्राम स्तुप बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिंगो अस्तू रहेको छ । बाँकी ७ वटा स्तुपको उत्खनन गराइ तत्कालिन मगध सम्राट अशोक मौर्यले ति अस्थिलाई विभिन्न देशमा पुर्याउदै ८४ हजार स्थानमा बाडेर स्तुप बनाउन लगाएका थिए । त्यतिबेला बुद्धका अनुयायीहरुले शान्ति प्राप्त गर्न रामग्राम स्तुपको पुजाआजा गर्ने भन्दै रामग्राम स्तुपको निर्माण गरेको विद्धान कौशलेन्द्र बहादुर श्रीवास्तवले बताए ।
रामग्राम स्तुपको विकास गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषलाई दिइएको छ । बुद्ध संगसम्बन्धित लुम्बिी, तिलौराकोट, रामग्राम स्तुप, पण्डितुपर र देवदह लगायतका धार्मिक स्थलको विधिवत विकासका लागि सरकारले वर्षेनी करोडांैको रकम कोषलाई दिदै आएको छ तर कोषले यो धार्मिक स्थलहरुलाई ओझेलमा पार्ने काम गर्दै आएको सर्वसाधारणको गुनासो छ ।
रामग्राम नगरपालिका र जिल्ला विकास समन्वय समितिले पनि यसको विकास र संरक्षणमा खासै चाँसो देखाएका छैनन । यता, बृहद गुरुयोजना बनाई यसको संरक्षणमा लाग्ने रामग्राम नगरापलिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिए । रामग्राम स्तुपमा चीन, थाईल्याण्ड, भेतनाम, जापान, श्रीलंका, कोरिया लगायतका ठाउँबाट मासिक करिब ५ सय पर्यटकहरु आउने गर्दर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण