निर्देशन बेवास्ता गरेको कृषि समितिको आरोप
काठमाडौं, जेठ २८ – सांसदहरुले सरकारले संसदीय समितिको निर्देशनलाई बेवास्ता गरेको आरोप लगाएका छन् । सांसदहरुले एकीकृत जलस्रोत ऐन ल्याउन सरकारलाई दिइएको निर्देशन कार्यान्वयनमा नआएको भन्दै आपत्ति जनाएका हुन् ।
व्यवस्थापिका संसद कृषि तथा जलस्रोत समितिको आईतबार बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतकुमार बोहोराले दिइएका निर्देशन कार्यान्वयन गर्न छाडेर सरकारले भाका हेर्दै आएको आरोप लगाए । उनले एकीकृत जलस्रोत ऐन ल्याउन सरकारलाई समितिले पटक पटक सचेत गराउँदा समेत कार्यान्वयनमा नल्याएको भन्दै आपत्ति समेत जनाए ।
व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले स्वदेशी स्रोत, साधनमै सम्पन्न हुने गरी विद्युत ऐन निर्माण गर्न सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ । सांसद बोहोराले समितिले दिएको निर्देशनलाई सरकारले एक साता, १५ दिन, एक महिनाको भाका राख्दै टार्ने गरेको गुनासो पनि गरे ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी सांसद सिता नेपालीले एकीकृत जलस्रोत ऐन ल्याउन ढिलाई नगर्न सरकारसँग माग गरिन् । उनले देशको माग अनुसार उर्जा नीति तय गर्न सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिएकी थिइन् ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद जंगीलाल रायले मधेशमा देखिएको उर्जा संकट समाधान गर्न सरकार गम्भिर नभएको आरोप लगाए ।
उनले तराई, मधेशमा १२ घण्टासम्म लोडसेडिङ हुने गरेकाले बैकल्पिक उर्जा संचालनमा ल्याई समस्या समाधान गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।
समितिले स्वदेशी पूँजी परिचालन गर्नेगरी एकीकृत जलस्रोत ऐन निर्माण गर्न सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण