यस्तो छ मन्त्रिपरिषद् बैठकको आजको निर्णय
काठमाडौं, जेठ २८ –सरकारले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ पुनः संशोधन गर्ने भएको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन गर्न संसदमा विधेयक दर्ता गराउने निर्णय गरेको हो ।
राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक संसदमा दर्ता गराउने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
दल दर्ता गर्न नपाएपनि ६ वटा दल भित्रकै चुनावचिन्ह लिएर निर्वाचनमा जाने व्यवस्था गर्न सरकारले राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न लागेको हो ।
सरकारले राजनीति दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक आईतबारनै व्यवस्थापिका संसदमा दर्ता गराउने र सोमबारसम्म पारित गरिसक्ने पनि स्पष्ट पारेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पारित हुने अवस्था नरहेकाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन प्रस्ताव भने अघि बढाउन नसकिने उल्लेख गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण