जोशीको प्रतिवद्धता: हिन्दु राष्ट्रदेखि बृद्ध आश्रमसम्म
आइतबार, २८ जेठ २०७४, २० : २९
भूमिराज जोशी
डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद जोशीले नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेदेखि बृद्धबृद्धाहरुलाई स्याहार गृह स्थापना गर्नेसम्म लगायतको योजनासहित चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
२०३४ सालदेखि २०७२ सालसम्म लगातार ३८ बर्ष शिक्षण पेशामा बिताएका जोशी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका संस्थापक जिल्ला अध्यक्ष समेत रहेका थिए । पञ्चायतकालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा उनी पटक पटक गरी १३ महिना जेल समेत बसेका थिए ।
जोशीले सार्वजनिक गरेको अपीलमा आफू नेपाली कांग्रेसकै कार्यकर्ता भएको र निर्वाचन जितेपछि पनि आफू कांग्रेसमै फर्किने प्रतिबद्धता गरिएको छ । उनको प्रतिवद्धता पत्रमा नगरपालिकाभित्र रहेका मन्दिर, देवालय, धार्मिक स्थलहरुको संरक्षणले प्राथमिकता पाएको छ ।
यस्तै नगरपालिकाका बृद्ध र असहायहरुका लागि गंगास्नान देउगडा भन्ने ठाउँमा स्याहार स्थलको प्रवन्ध गरिने उल्लेख छ । नगर क्षेत्रमा रहेका बिद्यालयहरुमा गुणस्तरीय अध्ययन÷अध्यापन गराउने, शिक्षकहरुको पेशागत सुरक्षाको ग्यारेण्टी गर्ने र प्राबिधिक शिक्षामा बिशेष जोड दिने जोशीको प्रतिबद्धतामा समावेश छ ।
यस्तै नगरबासीहरुको घरदैलोमा सडक पु¥याउने र हाल निर्माण भएका धुले सडकहरुलाई कालोपत्रे गर्ने उनले प्रतिबद्धता जनाएका छन् । उत्पादनको सम्भाबना खोज्ने जोशीले बताएका छन ।
उनले भारत तथा तेश्रो मुलुकमा पलायन भइरहेका युवाहरुलाई नगरभित्रै रोजगारीका अवसरहरु सृजना गर्ने समेत प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण