टिकटक चलाउनेले जुटाए डेढ करोडभन्दा बढी सहयोग रकम
रुपन्देही । नेपालमा टिकटक चलाउनेहरुले आर्थिक सहयोग जुटाएर अनाथ तथा असहायहरुलाई सहयोग गर्ने गरेका छन् । टिकटक चलाउनेहरुको संस्था ‘नेपाली हर्ट ग्रुप’ले हालसम्म १ करोड ६४ लाख रुपैयाँ जुटाएर असहायहरुलाई सहयोग गरेको जनाइएको छ ।
गु्रपको प्रथम राष्ट्रिय अधिवेशनले प्यूठानका डिल्लीराज पराजुलीलाई अध्यक्ष चुनेको छ । नेपाली हर्ट ग्रुपले टिकटकका माध्यमबाट मनोरञ्जनका साथै सहयोग रकम संकलन गरेर अनाथ, गरिब, असहाय बालबालिका, दीनदुःखीहरुलाई सहयोग गर्दै आएको नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए ।
उनले कोरोना महामारीका बेला भएको लकडाउनमा दुःख, सास्ती भोगेका नेपालीहरुलाई सहयोग गरेर मानवीय सेवाका काम सुरु गरेको र समूहलाई जिल्ला प्रशासन कार्यालय प्युठानमा विधिवत दर्ता गरेर सञ्चालन गरेको बताए । हालसम्म नेपाली हर्ट ग्रुपले देशका विभिन्न ठाउँमा १ करोड ६४ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको पराजुलीले दाबी गरे ।
बुटवलमा सम्पन्न अधिवेशनले ग्रुपको वरिष्ठ उपाध्यक्षमा शम्भु लम्साल (चितवन), उपाध्यक्ष गोविन्द थापा (काठमाडौं), महासचिव एलबी थापा (प्यूठान), सचिव प्रसना पौडेल (कास्की) र कोषाध्यक्ष रश्मी आले (काठमाडौं)लाई चयन गरेको छ । सदस्यहरुसहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरिएको महासचिव एलबी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण