शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक चलाउनेले जुटाए डेढ करोडभन्दा बढी सहयोग रकम

सोमबार, १८ पुस २०७९, १० : ०४
सोमबार, १८ पुस २०७९

रुपन्देही । नेपालमा टिकटक चलाउनेहरुले आर्थिक सहयोग जुटाएर अनाथ तथा असहायहरुलाई सहयोग गर्ने गरेका छन् । टिकटक चलाउनेहरुको संस्था ‘नेपाली हर्ट ग्रुप’ले हालसम्म १ करोड ६४ लाख रुपैयाँ जुटाएर असहायहरुलाई सहयोग गरेको जनाइएको छ ।

गु्रपको प्रथम राष्ट्रिय अधिवेशनले प्यूठानका डिल्लीराज पराजुलीलाई अध्यक्ष चुनेको छ । नेपाली हर्ट ग्रुपले टिकटकका माध्यमबाट मनोरञ्जनका साथै सहयोग रकम संकलन गरेर अनाथ, गरिब, असहाय बालबालिका, दीनदुःखीहरुलाई सहयोग गर्दै आएको नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए ।

उनले कोरोना महामारीका बेला भएको लकडाउनमा दुःख, सास्ती भोगेका नेपालीहरुलाई सहयोग गरेर मानवीय सेवाका काम सुरु गरेको र समूहलाई जिल्ला प्रशासन कार्यालय प्युठानमा विधिवत दर्ता गरेर सञ्चालन गरेको बताए । हालसम्म नेपाली हर्ट ग्रुपले देशका विभिन्न ठाउँमा १ करोड ६४ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको पराजुलीले दाबी गरे ।

बुटवलमा सम्पन्न अधिवेशनले ग्रुपको वरिष्ठ उपाध्यक्षमा शम्भु लम्साल (चितवन), उपाध्यक्ष गोविन्द थापा (काठमाडौं), महासचिव एलबी थापा (प्यूठान), सचिव प्रसना पौडेल (कास्की) र कोषाध्यक्ष रश्मी आले (काठमाडौं)लाई चयन गरेको छ । सदस्यहरुसहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरिएको महासचिव एलबी थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप