शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा सभामुखको निर्वाचन पुस २९ गते

सोमबार, १८ पुस २०७९, १८ : १८
सोमबार, १८ पुस २०७९

मकवानपुर ।  आगामी पुस २९ गतेसम्मका लागि स्थगित भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सोमबार बसेको पहिलो बैठकले प्रदेशसभाको सभामुखको निर्वाचनको लागि मिति तय गर्दै पुस २९ गतेसम्मका लागि स्थगित भएको हो । प्रदेशसभाको अर्को बैठक यही पुस २९ गते ११ बजे बस्ने छ ।

प्रदेशसभाको सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बज निर्वाचनको मिति तय गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको प्रदेशसभाको बैठकले निर्वाचनको मिति र समय निर्धारण गरेको हो ।

प्रदेशसभाको बैठकले उक्त निर्वाचनको लागि प्रदेशसभा सचिवालय हेटौँडाका सचिव कृष्णहरि खड्कालाई आवश्यक प्रक्रिया अगाडी बढाउन जिम्मेवारी दिएको छ । सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने संवैधानिक व्यवस्था अनुसार पहिले सभामुखको निर्वाचनको तयारी गरेको हो । उक्त निर्वाचनको लागि आगामी पुस २८ गते मनोनयन उम्मेदवारी दर्ता गर्ने समयको निर्धारण गरिएको सचिव खड्काले बताए ।

त्यस्तै बागमती प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक अध्यक्षता गर्ने ५ जना सदस्य मनोनीत गरेको छ । प्रदेशसभाको नियमित बैठक सञ्चालनको क्रममा सभामुख र उपसभामुख अनुपस्थितिमा प्रदेशसभाका सदस्य उर्मिला नेपाल (नेपाली कांग्रेस), भारती पाठक (नेकपा एमाले), लक्ष्मी घिमिरे (राप्रपा), डा. राजेन्द्रमान श्रेष्ठ (एकीकृत समाजवादी) र ठाकुर प्रसाद ढकाल (नेकपा माओवादी केन्द्र)लाई मनोनीत गरिएको हो ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद रहेका छन् ।

५ अध्यादेश पेस

बागमती प्रदेशसभा बैठकमा ५ वटा अध्यादेशहरू पेस भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाललाई प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७९ प्रस्तुत गरेका हुन् ।

यसैगरी, स्वास्थ्यमन्त्री निमा लामाको तर्फबाट संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँले प्रदेश कृषि सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप