किमले किन गरे दोस्रो शक्तिशाली सैन्य अधिकारीलाई पदमुक्त ?
उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् । सत्तारुढ वर्कस पार्टीको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष र पार्टी केन्द्रीय समितिका सचिव पाकको स्थानमा रि योङ गिललाई चयन गरिएको छ । गत साता समितिको वार्षिक वैठकमा रिलाई नियुक्त गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
चोनलाई हटाउनुको कारण खुलाइएको छैन् । प्योङयाङले नियमित रूपमा आफ्नो नेतृत्वलाई परिमार्जन गर्छ र वर्षको अन्त्यमा हुने पार्टी भेलालाई प्रायः कर्मचारी फेरबदल र प्रमुख नीतिगत निर्णयहरू घोषणा गर्न प्रयोग गरिन्छ ।
सरकारी टेलिभिजनले बैठकको क्रममा पाक टाउको झुकाएर पोडियमको अगाडिको पङ्क्तिमा बसेको देखिन्छन् भने अन्य सदस्यहरूले व्यक्तिगत मुद्दामा मतदान गर्न हात उठाएका छन् । पछि उनको सिट खाली देखाइएको थियो । किमको नयाँ वर्षको दिन आधिकारिक केसीएनए समाचार एजेन्सीले सामेबार जारी गरेको तस्बिरमा पनि उनी अनुपस्थित थिए ।
उक्त दिन किम आफ्ना हजुरबुका र बुबाको शव राखिएको कुमसुसन प्यालेस अफ सनमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण