मुलुक थप जटिल मोडतर्फ जान सक्छ : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको थापाको टिप्पणी छ । "अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसद्को आयु पनि पूर्णकालिन नहुने तर्फ आशंका छ" थापाले भने ।
मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्ने तर्फ राष्ट्रवादी शक्तिहरू चनाखो हुनुपर्नेमा उनको जोड थियो । पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ ऊर्जाका साथ अघि बढ्ने समेत बताए ।
राप्रपा नेपालले अङ्गीकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आवश्यक रहेको थापाको टिप्पणी थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापान सहित प्रवचन गोष्ठी आयोजना गरेर भव्यतापूर्वक मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण