माओवादी र नेकपा (एस)सँग एकता गर्न जसपाले गठन गर्यो वार्ता समिति
जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक दल र सङ्गठनहरुसँग एकता सम्बन्धमा वार्ता गर्नका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । दुई दिनदेखि जारी राजनीतिक समितिको बैठकले सो समिति गठन गरेको हो ।
सो समितिको सदस्यहरुमा रकम चेमजोङ र गोविन्द चौधरी रहेका छन् । जसपाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पहल थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्र र नेकपा (एस) सँग एकताबारे अनौपचारिक छलफल गरिसकेका छन् ।
सरकारले पूर्णता पाउने बित्तिकै वार्तालाई अगाडि बढाउने पार्टी स्रोतले जनाएको छ । त्यस्तै, सङ्घीय परिषद् र केन्द्रीय सदस्यहरूको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी गराए । समितिमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमीला यादव छन् ।
पार्टी अधिवेशनका लागि जसपाको विधान मस्यौदा गर्न अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा नौ सदस्यीय विधान मस्यौदा समिति गठन पनि भएको छ । सो समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेमजोङ्ग, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेका छन् ।
त्यसका साथै निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा आफ्नै उम्मेदवारमाथि अन्तर्घात गर्नेलाई सम्बन्धित समितिहरूबाटै कारबाही गर्ने निर्णय पनि भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण