रुसी राष्ट्रपतिले गरे ३६ घण्टे युद्धविराम घोषणा
बिहीबार, २१ पुस २०७९, २२ : ०३
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘अर्थोडक्स क्रिसमस’ को पूर्व सन्ध्यामा रुसी राष्ट्रपतिले अल्पकालीन युद्धविरामको घोषणा गरेका हुन् ।
जनवरी ६ अर्थात्, शुक्रबार मध्याह्न १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि रुसी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गरेका हुन् । रुसका ईसाई धर्मगुरु किरिलको अपिलका आधारमा राष्ट्रपति पुटिनले अर्थोडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ ।
अर्थोडक्स क्रिसमस रुस, ग्रीस, इथियोपिया, इजिप्ट लगायत पूर्वी युरोपका देशमा मनाइन्छ । अर्थोडक्स क्रिसमस मनाउनका लागि भन्दै रुसले एकतर्फी युद्धविराम घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण