शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी राष्ट्रपतिले गरे ३६ घण्टे युद्धविराम घोषणा

बिहीबार, २१ पुस २०७९, २२ : ०३
बिहीबार, २१ पुस २०७९

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘अर्थोडक्स क्रिसमस’ को पूर्व सन्ध्यामा रुसी राष्ट्रपतिले अल्पकालीन युद्धविरामको घोषणा गरेका हुन् ।

जनवरी ६ अर्थात्, शुक्रबार मध्याह्न १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि रुसी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गरेका हुन् । रुसका ईसाई धर्मगुरु किरिलको अपिलका आधारमा राष्ट्रपति पुटिनले अर्थोडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ । 

अर्थोडक्स क्रिसमस रुस, ग्रीस, इथियोपिया, इजिप्ट लगायत पूर्वी युरोपका देशमा मनाइन्छ । अर्थोडक्स क्रिसमस मनाउनका लागि भन्दै रुसले एकतर्फी युद्धविराम घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप