शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

वर्षा याममा मासिक ५० र हिउँदमा ३० युनिट बिजुली निःशुल्क !

शुक्रबार, २२ पुस २०७९, १४ : ४९
शुक्रबार, २२ पुस २०७९

काठमाडौं । सरकारले वर्षा याममा मासिक ५० र हिउँदमा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने एजेण्डा सत्तारुढ गठबन्धनले तयार पारेका छन् । सत्तारुढ गठबन्धनले ड्राफ्ट गरेको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा ऊर्जा विकास शीर्षक दिएर उक्त कार्यक्रम समावेश गरिएको हो ।

विद्युत् उत्पादन विस्तारमार्फत आर्थिक वृद्धिदर बढाउने, विद्युतीकरणमार्फत आम नागरिकको जीवन सहज तुल्याउने, इन्धनमाथिको परनिर्भरता न्यून गर्ने, मुलुकको औद्योगिकरणमा टेवा पु¥याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने योजना पनि उक्त मस्यौदामा उल्लेख छ । यसका लागि गार्हस्थ उपभोगका लागि वर्षा याममा ५० युनिट र हिउँदमा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने, ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट घण्टा पु¥याउने, विद्युत महसुललाई सर्वसाधारणले व्यहोर्न सक्ने गरी समायोजन गर्ने, दुई वर्षभित्र विद्युतमा पहुँच हुने जनसंख्या शत प्रतिशत पु¥याउने लक्ष्य पनि उक्त ड्राफ्टमा उल्लेख छ ।

निर्माणाधीन जलविद्युत आयोजनाहरु समयमै सम्पन्न गरी जलविद्युत निर्यातमा वृद्धि गर्ने र राष्ट्रिय आय बढाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य पनि समावेश गरिएको छ । उक्त ड्राफ्टलाई गठबन्धन दलका शीर्ष नेताको बैठकले अनुमोदन गरेपछि सरकारमार्फत कार्यान्वयन गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप