सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा भेला गर्दै देउवा समूह

सोमबार, १५ असार २०८३, १७ : २२
सोमबार, १५ असार २०८३

सारांश

  • विशेष महाधिवेशनभन्दा बाहिर रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंगलबार लुम्बिनीमा प्रदेशस्तरीय भेला गर्ने भएको छ ।
  • पार्टीमा बृहद एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने उद्देश्यसहित देउवा समूहले ७ प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।
  • यसअघि ६ प्रदेशमा भेला गरिसकेको समूहले मंगलबार अन्तिम प्रदेश भेला दाङको लमहीमा गर्न लागेको हो ।

काठमाडौँ । विशेष महाधिवेशनभन्दा बाहिर रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंगलबार लुम्बिनीमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । 

पार्टीमा बृहद एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने ३ उद्देश्यसहित देउवा समूहले ७ प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार यसअघि ६ प्रदेशमा भेला गरिसकेको समूहले मंगलबार अन्तिम प्रदेश भेला गर्न लागेको हो । भेला दाङको लमहीमा हुनेछ ।

देउवा समूहका नेता मीन विश्वकर्माले आफूहरूले सातै प्रदेशमा तय गरेका भेलाको अन्तिम भेला मंगलबार लमहीमा गर्न लागिएको जानकारी रातोपाटीलाई दिए । भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी हुने विश्वकर्माले बताए । देउवा अहिले विदेशमा रहेकाले समूहको नेतृत्व नेता पूर्णबहादुर खड्काले गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप