बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउथका ६ अभिनेत्री : जसको प्रेम र अफेयर सधैँ चर्चामा रह्यो

शुक्रबार, २२ पुस २०७९, २० : ३३
शुक्रबार, २२ पुस २०७९

मुम्बई । अभिनयको कारणले साउथ (दक्षिण भारतीय¬ अभिनेत्री जति चर्चामा छन् । प्रेम र अफेयरको कारणले पनि उनीहरूको चर्चा कम छैन । कतिपयको प्रेम त सधैँ मिडियाको हेडलाइन बन्ने गर्दछ । प्रेम र अफेयरका करणले धेरै चर्चा रहने यी हुन् ६ अभिनेत्री  ।

त्रिशा कृष्णन:

साउथकी चर्चित अभिनेत्री मध्येकी एक हुन् तृषा कृष्णन । उनको बाहुबलीका भल्लालदेव अर्थात् अभिनेता राणा डग्गुबतीको अफेयर लामो समयदेखि चर्चा थियो । कयौं पटक उनीहरूको ब्रेकअप र त्यसपछि रि–लिङ्कअपको खबर समेत मिडियामा छाइरह्यो । यद्यपि तृषा र राणा दग्गुबातीले यो कुरालाई आफैंले कहिल्यै आधिकारिक भनेनन् । अहिले राणाले मिहिका बजाजसँग विवाह गरिसकेका छन् ।

तापसी पन्नु:

साउथबाट बलिउडमा सफल करियर बनाएकी अभिनेत्री तापसी पन्नु कुनै समय व्यक्तिगत जीवनका कारण चर्चामा थिइन् । अभिनेत्रीको ब्याडमिन्टन खेलाडी मथियास बोईसँगको अफेयरको खबर सधैँ चर्चाको विषय बन्थ्यो । यी दुईको पहिलो भेट हैदराबादमा एक खेलका क्रममा भएको थिए । 

अनुष्का शेट्टी:

फिल्म बाहुबलीमा देवसेनाको भूमिका निभाएकी अभिनेत्री अनुष्का शेट्टी र यही फिल्मबाट रातारात चर्चित अभिनेता प्रभासको डेटिङको अफवाह सधैँ फैलिन्थ्यो । फिल्म ‘बाहुबली’ अघि पनि यो जोडीले धेरै फिल्ममा काम गरिसकेका छन् र फ्यानले पनि उनीहरुलाई निकै मन पराएका छन् ।

नयनतारा:

साउथको लेडी सुपरस्टार नयनतारा र भारतका माइकल ज्याक्सन प्रभुदेवा एकअर्कालाई डेट गर्दैछन् भन्ने खबर धेरै पटक आएको हो । नयनतारासँगको कुरालाई अगाडि बढाउन उनले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको पनि भनिएको थियो । तर केही समयपछि सन् २०१२ मा यी दुईबीच ब्रेकअप भएको खबर बाहिर आएको थियो । अहिले अभिनेत्री नयनतारा फिल्म निर्माता विग्नेश शिवनकी पत्नी र जुम्ल्याहा बच्चाकी आमा हुन् ।

रश्मिका मण्डना:

नेशनल क्रस भनिने साउथ अभिनेत्री रश्मिका मन्डन्ना र अभिनेता विजय देवरकोन्डाको डेटिङलाई लिएर अहिले चर्चा निकै चर्को छ । यद्यपि दुबै सँगै नदेखिएका छन् र न त कुनै आधिकारिक घोषणा गरेका छन् । कफी विथ करणमा विजय देवरकोंडाले रश्मिका मन्डन्नासँग विशेष सम्बन्ध रहेको बताएका भने थिए ।

काजल अग्रवाल:

साउथकी चर्चित अभिनेत्री काजल अग्रवाल र रणदीप हुड्डाको नाम पनि एकअर्कासँग जोडिएको थियो । दुवै फिल्म ‘दो लफ्जों की कहानी’ मा सँगै देखिएका थिए । तर, यी दुईको सम्बन्ध कुनै विन्दुमा पुग्नुअघि नै टुटेको बताइन्छ । हाल अभिनेत्रीले गौतम किचलुसँग विवाह गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप