बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट २४ करोडको डाइपर भित्रियो

शनिबार, २३ पुस २०७९, १४ : ०१
शनिबार, २३ पुस २०७९

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ८४ करोड ७२ लाख रुपैयाँको डाइपर भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको डाइपर भित्रिएको हो । विदेशबाट ५ करोड ११ लाख ३८ हजार पिस डाइपर भित्रिएको विभागले जनाएको छ । यसबात आयातकर्ताले राज्यलाई २४ करोड ९२ लाख रुपैयाँ राजस्व बुझाएका छन् । नेपालमा विश्वका ६ वटा देशबाट डाइपर आयात हुँदै आएको छ ।

विभागका अनुसार भारत र चीनबाट सबैभन्दा धेरै डाइपर आउने गरेको छ । भारतबाट ७६ करोड ५ लाखको डाइपर भित्रिँदा चीनबाट ८ करोड ६३ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस्तै, सर्वियाबाट ३ लाख ७४ हजार रुपैयाँको डाइपर भित्रिएको तथ्यांक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप