विदेशबाट २४ करोडको डाइपर भित्रियो
शनिबार, २३ पुस २०७९, १४ : ०१
काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ८४ करोड ७२ लाख रुपैयाँको डाइपर भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको डाइपर भित्रिएको हो । विदेशबाट ५ करोड ११ लाख ३८ हजार पिस डाइपर भित्रिएको विभागले जनाएको छ । यसबात आयातकर्ताले राज्यलाई २४ करोड ९२ लाख रुपैयाँ राजस्व बुझाएका छन् । नेपालमा विश्वका ६ वटा देशबाट डाइपर आयात हुँदै आएको छ ।
विभागका अनुसार भारत र चीनबाट सबैभन्दा धेरै डाइपर आउने गरेको छ । भारतबाट ७६ करोड ५ लाखको डाइपर भित्रिँदा चीनबाट ८ करोड ६३ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस्तै, सर्वियाबाट ३ लाख ७४ हजार रुपैयाँको डाइपर भित्रिएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण