तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
आइतबार, २४ पुस २०७९, ११ : २५
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ कायम गर्दै गत शुक्रबारको तुलनामा ह्वात्तै मूल्य बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ थियो । जुन, १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ८०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य बढेको जानकारी दिएको हो । १५ रुपैयाँ मूल्य बढेसँगै आज चाँदीको कारोबार प्रतितोला १३ सय ८० रुपैयाँमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण