कलाकार रामचन्द्र अधिकारीलाई विष्णुभक्त रङ्गकर्मी सम्मान
काठमाडौँ । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा शनिवार आयोजित स्मृति सभा कार्यक्रममा कलाकार रामचन्द्र अधिकारीलाई सो सम्मान गरिएको हो ।
२०७३ साल पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले तयार गरेको नाटक यज्ञवल्क्यका राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै मञ्चमै कलाकार फुयाँलको निधन भएको थियो ।
करिब ४ दशकभन्दा बढी समय नेपाली रङ्गमञ्चमा बिताएका कलाकार फुयाँलको स्मृतिमा हरेक वर्ष वरिष्ठ कलाकारहरूलाई सम्मान गरिँदै आइरहेको छ । सोही क्रममा चार दशकदेखि नेपाली नाट्य एवं चलचित्र क्षेत्रमा क्रियाशील रहेका कलाकार रामचन्द्र अधिकारीलाई सम्मान गरिएको हो । कुसुम नाट्य समूहका निर्देशक एवं रङ्गकर्मी वैकुण्ठ भण्डारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यस वर्षको पुरस्कारका लागि अधिकारीलाई चयन गरेको थियो । यसअघि सो सम्मानबाट राजेन्द्र गड्तौला, रमेश केसी मट्टारे, लक्ष्मणसिंह बस्नेत, पल्पसा डंगोललाई प्रदान गरिएको छ । हरेक वर्ष पुस १९ गते फुयाँलको निधनकै दिन स्मृति सभा आयोजना गरी पुरस्कार घोषणा गर्ने गरिन्छ ।
कार्यक्रममा फुयाँलकी धर्मपत्नी तारा फुयाँलको नाममा स्थापित तारादेवी नारी प्रतिभा पुरस्कार मेनुका कटवाललाई प्रदान गरिएको छ । सम्मान कार्यक्रममा गुठीका संरक्षक एवं फुयाँलका छोरा विमल फुयाँलले आफ्नो बुवाले कलाकारिता क्षेत्रका माध्यमबाट श्रमको सम्मान गर्न सिकाएको बताए । उनले श्रमको सम्मान गर्नका लागि आफूहरू बुवाको आदर्शलाई पछ्याइरहने उनले बताए ।
कार्यक्रममा सम्मानित कलाकार रामचन्द्र अधिकारीले विष्णुभक्तफुयाँलले आफूलाई चलचित्र बलिदानदेखि अन्य समयमा पनि अभिभावकत्व प्रदान गरेको स्मरण गर्दै र आफू अन्यायमा पर्दा सधैँ अन्यायका विरुद्ध लड्न प्रेरित गरेको समेत स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण