दमकमा निर्माणाधीन बाल अस्पतालका लागि मुक्तिनाथ विकास बैंकले ५ लाख सहयोग गर्ने
आइतबार, २४ पुस २०७९, १८ : ५४
काठमाडौं । मुक्तिनाथ विकास बैंकले पूर्व झापाको दमकमा निर्माणाधीन बाल अस्पतालका लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो सफलतापूर्वक १६ वर्ष पुरागरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकासमा टेवा पुग्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत बाल अस्पताललाई आर्थिक सहयोग गरेको हो ।
उक्त बाल अस्पताल प्रोफेसर एंवम डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामूलक संस्था हो । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र काठमाडौं इन्च्युच्युट अफ चाइल्ड हेल्थसँगबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा सचिव खटनको लफडा : स्वास्थ्यमा २ जना, अर्थ मन्त्रालय सचिवविहीन
-
आईएफसीले भन्यो– नेपालसहित बंगलादेश र श्रीलंकाको बैङ्किङ करियरमा महिलालाई चुनौती छ
-
पाउरोटीमा मुसाको अंश भेटिएपछि...
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
आईपीएलमा आज : अघिल्लो सिजनको फाइनलपछि अहमदाबादमा पहिलो पटक भिड्दै चेन्नई र गुजरात
-
संसद्मा रविलाई बोल्न दिएर अवरोध कायमै राख्नुपर्छ : गगन थापा