बजारको समस्याले कपिलवस्तुका उखु किसान चिन्तित
कपिलवस्तु । पायक पर्ने स्थानमा चिनी मिल नहुँदा कपिलवस्तुका उखु किसान समस्यामा परेका छन् । यहाँको श्री महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा स्थानान्तरण भएपछि उखु किसानहरूलाई असहज भएको हो ।
सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सखर) उद्योगले लिएका छन् । सखर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसानले आफूहरू मारमा परेको भन्दै सरोकारवाला गुहार्न थालेका छन् । उखु बेच्ने यो समयमा सरकारले समर्थन मूल्य समेत तोक्न सकेको छैन । सरकारले मूल्य तोक्न नसक्दा किसानलाई उखु बेच्न झनै समस्या भएको छ । सरकारले उखुको मूल्य तोक्न नसकेको र सखर उद्योगले मनपरी मूल्य लिइरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए । जिल्लामा रहेका ७५ सखर उद्योगले मनपरी ढङ्गबाट उखुको मूल्य दिएको अध्यक्ष चौधरीले गुनासो गरे ।
चौधरीले भने, ‘उखु खेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान चिनी मिल विस्थापित भएपछि समस्यामा परेका छन् । सखर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुने अवस्था सिर्जना भएको छ ।’ सरकारलाई उखुको मूल्य प्रतिक्विन्टल रु. सात सय पाँच तोक्न माग गरेको र त्यो मागको सुनुवाइ अहिलेसम्म नभएको अध्यक्ष चौधरी बताउँछन् ।
उखुको मूल्य निर्धारणका लागि कृषि मन्त्रालय पुगेको त सरकारले यो विषयमा कुनै निर्णय नलिएको चौधरीले बताए ।उखु किसानले साढे तीन सयदेखि चार सय पचाससम्ममा बिक्री गर्दै आएका छन् । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सखर उद्योगले प्रतिक्विन्टल रु चार सय नब्बेमा उखु खरिद गरिरहेको छ ।
उखु बिक्री गर्न बजारको समस्या भएपछि केही किसानले सखर उद्योगमा भेली बनाउन दिएका छन् भने कतिपय आफैले सखर उद्योग स्थापना गरी भेली बनाउन थालेका छन् । सरकारले मूल्य नतोक्दा उखु बेच्न समस्या भएको किसान रामप्रकाश चौधरीले बताए ।
जिल्लाको पश्चिम–दक्षिण सुक्खा क्षेत्रमा अधिकांश किसानले व्यावसायिक रूपमा उखु खेती गर्दै आएका छन् । जिल्लाको कृष्णनगर, महाराजगन्ज र शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिकामा व्यावसायिक उखु खेती गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
-
वन तस्करीमा बरामद सवारी साधन लिलामी गरिँदै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण