बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले उम्मेदवारी दिने
मकवानपुर । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । सभामुखका लागि शुक्रबार हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाउने भएको हो । उनले बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर मनोनयन दर्ता गर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले बिहीबार बिहान मात्र अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी कांग्रेसको धादिङबाट समानुपातिक कोटामा सांसद बनेका हुन् । त्यस्तै प्रदेशसभाको सभामुखका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक र राजु विष्टमध्ये एक जना उम्मेदवार बन्ने भएका छन् । उम्मेदवारको विषयमा टुंगो लगाउन केही बेरमा राप्रपा बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ ।
बागमती प्रदेश सभा सचिवालयले विहान १०ः३० बजेदेखि २ः०० बजेसम्मका लागि सभामुखको मनोनयनको समय तोकेको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार मनोनयन दर्ता सकिएपछि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएको छ । यसैगरि दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ः०० बजेका लागि प्रदेश सभा हलमा राखिएको सचिव खड्काले जानकारी दिए ।
बागमती प्रदेशमा सत्ता साझेदार ५ दलसँग ७० सांसद रहेका छन् । जसमा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीक ७, हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । त्यस्तै सरकारलाई समर्थन नदिएको प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेससँग ३७ र नेमकिपाको ३ सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण