जेडीयूका पूर्व अध्यक्ष शरद यादवको निधन

भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ । उनी ७५ वर्षका थिए । शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्वीटबाट उनको निधनको जानकारी दिएकी हुन् ।
यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री रहेका थिए । ९० को दशकको अन्त्यमा उनले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पनि मन्त्रीको रूपमा काम गरेका थिए । यादव एक प्रमुख समाजवादी नेता थिए जसले ७० को दशकमा कांग्रेसविरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए । पछिल्लो केही वर्ष खराब स्वास्थ्यका कारण उनी सक्रिय राजनीतिमा थिएनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यादवको निधनमा दुःख जनाउँदै यादवले आफ्नो लामो सार्वजनिक जीवनमा आफूलाई सांसद र मन्त्रीका रूपमा प्रतिष्ठित गरेको बताएका छन् । त्यस्तै राष्ट्रपति द्रौपदी मुर्मूले पनि यादवको शोक व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू